काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले आगामी पुस दोस्रो सातामा राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गरेका छन्।
आजदेखि सुरु भएको माओवादीको केन्द्रीय समितिको पूर्ण बैठकमा अध्यक्ष प्रचण्डले पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गरेका हुन् ।
भदौ मसान्तसम्म सदस्यता वितरण गर्ने, असोज १० गतेसम्म सबै टोल टोलमा सेल कमिटी गठन गर्ने, असोज २० गतेभित्र वडा भेला गरिसक्ने, असोज ३० गतेभित्र गाउँपालिका र नगरपालिकाको सम्मेलन सक्ने, कात्तिक ३० गते जिल्ला, मंसिर १५ गते प्रदेशको सम्मेलन सकेर पुस ११ देखि १३ सम्म राष्ट्रिय महाधिवेशन गर्ने प्रचण्डको प्रस्ताव छ।
केन्द्रीय समितिको बैठकमा प्रचण्डले नै विधान संशोधनको प्रस्ताव पनि पेश गरेका छन् । दुबै प्रस्तावमाथि छलफलका लागि केन्द्रीय सदस्यहरुलाई ८ वटा समूहमा बाँडिएको छ । समूहगत रुपमा भोलि बिहानसम्म छलफल गर्ने छन् ।
सम्बन्धित खबर
आज देशभरको मौसम कस्तो रहन्छ?
लेखा समिति सभापति पोखरेलकी पत्नीसहित २६ जनाविरुद्ध मुद्दा दायर
पत्रकार महासंघको नयाँ नेतृत्वका लागि मतदान सम्पन्न
नर्सलाई कम्तिमा पनि न्यूनतम पारिश्रमिक दिन स्वास्थ्य मन्त्रालयको निर्देशन
गण्डकीका डिआइजी दुर्गा सिंहसहित नेपाल प्रहरीका १० डिआइजी सरुवा
सुदूरपश्चिमका अर्थमन्त्री थापाले गरे ६५ वर्षको उमेरमा बिहे
यो पनि पढौँ
पोखराको नागढुंगामा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु
कोत्रे खण्ड सडक पाँच दिन अवरुद्ध हुने
गण्डक न्यूजकी पुनम थापा मगर पत्रकार महासंघ कास्कीको सदस्यमा निर्विरोध
सुनचाँदीको मूल्य घट्यो