माधव नेपाल पक्षले निर्वाचन आयोगमा नयाँ पार्टी दर्ताका लागि दिएको नाम फेरेको छ । यसअघि नेकपा एमाले समाजवादी नाम राखिएको अब सो पार्टीको नाम ‘नेकपा एकीकृत समाजवादी’ रहने भएको छ ।
राजेन्द्र पाण्डेसहितको टोली निर्वाचन आयोग पुगेर नाम संशोधन गरेका हुन् । यसअघि नेपालले प्रस्ताव गरेको नेकपा एमाले (समाजवादी) नाम मूल पार्टीसँग जुधेको भन्दै निर्वाचन आयोगले अस्वीकार गर्न सक्ने सम्भावना रहेको आयोग स्रोतले बताएको थियो । एमाले जोडिएको नाम अस्वीकृत हुने सम्भावना देखेपछि नयाँ नाम प्रस्ताव गरिएको हो ।
नेता माधवकुमार नेपालको समूहले दर्ताका लागि निर्वाचन आयोगमा दिएको पार्टीको नाम अस्वीकृत भएको छ। यसअघि ऋषिराम कट्टेल नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी हुँदाहुँदै एमाले र माओवादी केन्द्र एकीकृत भई बनेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (ने क पा) अर्थात् कोष्ठमा फरक पारेर निर्वाचन आयोगमा दर्ता गर्दा पनि यसविरुद्ध परेको मुद्दामा सर्वाेच्च अदालतले अघिल्लो पार्टीसँगै नाम मिल्दोजुल्दो भएको भन्दै पछिल्लो नेकपा खारेज गरेको थियो। यसैकारण अहिले निर्वाचन आयोग सजग भएको बताइएको छ।
महन्थ ठाकुर पक्षले पनि निर्वाचन आयोगमा दल दर्ताका लागि दिएको नाम परिवर्तन गरेका छन्। मंगलबार नेपाल पक्षले नेकपा एमाले समाजवादी र ठाकुर पक्षले जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) नाममा दल दर्ताको लागि निवेदन दिएका थिए।
तर, ती नामहरू दर्ता गर्न नमिल्ने भएपछि दुबै पक्षले नाम परिवर्तन गर्ने भएका हुन्। जनता समाजवादी पार्टी जसपाको उपेन्द्र यादव पक्षले आफ्नो पार्टीसँग मिल्ने नाम नदिन निर्वाचन आयोगमा बिहीबार निवेदन दिएका थिए।
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु