नेकपा (एमाले) फुटेसंगै बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् । बागमती प्रदेशको मन्त्री नियुक्त भएर पद तथा गोपनीयताको शपथग्रहण गरेको एक सातामा नै प्रदेशका सामाजिक विकासमन्त्री कृष्णप्रसाद शर्मा खनालले दल बदलेका छन् ।
मन्त्री खनाल गत बुधबार नेकपा एमालेका बागमती प्रदेश संसदीय दलका नेता एवं मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको सिफारिसमा एमालेका तर्फबाट मन्त्री नियुक्त भएका थिए । मन्त्री खनालले एमाले परित्याग गरी माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीको नयाँ दल दर्तामा सनाखत गरेका छन् ।
खनालले एमाले विभाजित भएर नयाँ दल दर्ता प्रक्रियामा रहेको नेकपा (एकीकृत समाजवादी) पार्टीको दर्ता प्रक्रियाका लागि निर्वाचन आयोग पुगेर बुधबार केन्द्रीय सदस्यको सूचीको ५२ नम्बरमा सनाखत गरेका हुन् । खनाल र प्रदेश सभाका सदस्यसमेत रहेका अर्का केन्द्रीय सदस्य राजेन्द्र पाण्डेले नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता प्रक्रियाका लागि निर्वाचन आयोगमा सनाखत गरेसँगै मुख्यमन्त्री शाक्यको सरकार अल्पमतमा परेको छ। प्रदेश सभामा हाल कायम रहेको १०९ जना सदस्यमा एमाले एक्लैको स्पष्ट बहुमत अर्थात् ५६ जना प्रदेश सभा सदस्य रहेका थिए ।
दुई जना खनाल र पाण्डेले नयाँ दल नेकपा (एकीकृत समाजवादी) दर्ताका लागि सनाखत गरेसँगै एमालेको शाक्य नेतृत्वको प्रदेश सरकार अल्पमतमा पर्ने भएको हो। प्रदेश सभामा एकल सरकार गठनका लागि ५५ जना प्रदेश सभाका सदस्य आवश्यक हुन्छ। शाक्यले गत बुधबार मुख्यमन्त्रीमा नियुक्त भएपछि खनालसहित केशवराज पाण्डेलाई मन्त्रीमा नियुक्त गरेकी थिइन् । गोरखापत्रमा खबर छ ।
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु