शेरधन राईले प्रदेश १ को मुख्यमन्त्री पदबाट आज पदबाट राजीनामा दिने भएका छन् । उनको स्थानमा माधव नेपाल समूह छाडेर बसेका भीम आचार्यलाई नियुक्त गर्ने एमालेको तयारी छ ।
एमाले संसदीय दलको नेता परिवर्तन गरेर शेरधनले राजीनामा दिने र आजै अपरान्ह्रसम्म मुख्यमन्त्रीमा आचार्यलाई प्रदेश प्रमुखबाट नियुक्त गराउने तयारी एमालेको छ । अहिले प्रदेश १ एमाले संसदीय दलको बैठक बसेको छ ।
बाग्मती प्रदेशमा जस्तै मुख्यमन्त्रीलाई राजीनामा गराएर नयाँ मुख्यमन्त्री नियुक्त्त गरेर आफ्नो बहुमत कायम राख्नका लागि प्रदेश १ मा एमालेले तयारी थालेको हो । यद्यपी, पार्टी फुटिसकेकाले माधव नेपाल समूह विपक्षी गठबन्धनमा रहेकाले विश्वासको मत नपाउने निश्चित जस्तै छ । यसो हुँदा बढीमा एक महिनामात्र आचार्य पदमा रहन सक्नेछन् ।
अष्टलक्ष्मी माधव नेपालको पार्टीमा नलागे उनी पनि मुख्यमन्त्रीबाट हट्ने निश्चित छ । मुख्यमन्त्री बन्न भनेरै प्रदेशमा टिकट लिएर जितेका राजेन्द्र पाण्डेले समेत त्यसको जनाउ गरिसकेका छन् । चन्द्रागिरीाबाट माधव नेपालले पनि अब अष्टलक्ष्मी पदमा कायम रहने नरहने उनकै निर्णयमा निहित रहेको स्पष्ट पारेका थिए । प्रदेश १ को अवस्था पनि बागमती जस्तै हुनेछ । माधव नेपाल समूहबाट राजेन्द्र राई मुख्यमन्त्री बन्न सक्न्छन् ।
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु