नेकपा एकीकृत समाजवादी (एस) का अध्यक्ष माधवकुमार नेपालले नयाँ पार्टी दर्ता गर्ने बेला साथ छाडेका दोस्रो तहका नेताहरुकै कारण अघि बढेको तर अन्तिममा धोका दिएको आशय व्यक्त गरेका छन् । लामो समय आफूसँग रहेका तर नयाँ पार्टी गठनमा साथ नदिएका दोस्रो पुस्ताबारे उनले मुख खोल्दै उनले
पेशागत महासंघ नेपाल, वागमती प्रदेशले शनिबार गरेको जिल्लास्तरीय भेलामा एकीकृत समाजवादीका अध्यक्ष नेपालले आजै पार्टी फुटाऔं, भोलि पार्टी फुटाऔं भन्ने नेताहरुको पोजिसन परिवर्तन भएको देख्दा अचम्म लागेको बताए ।
उनले आफूलाई घचेटेर अगाडि बढ् भनेको, तर पछाडि फर्किएर हेर्दा कोही नपाएको बताए । उनले आजै पार्टी खोलौं, भोलि पार्टी खोलौं भनेका दोस्रो पुस्ताकै नेताहरुले आफूले भन्दा पहिला दुई वटा दल निर्वाचन आयोगमा दर्ता गराएको समेत खुलाए ।
नेता नेपालले आफूलाई छाडेका दोस्रो पुस्ताका नेताहरुलाई सम्झिंदै भने, ‘बलियो मोर्चा बन्न थालेपछि अगाडि बढ्नुस्, जो सुकैलाई प्रधानमन्त्री बनाए पनि हुन्छ, तर केपी शर्मा ओलीलाई फाल्नैपर्छ भनेर भन्ने उहाँहरु नै हो ।’ उनले भने, ‘त्यो बेला केहीकेहीको खुट्टा काम्न थाल्यो । हामी खुट्टा कमाउने मान्छे होइनौं । कसैको खुट्टा कामे कान्छ, म अगाडि बढें भनेर हिम्मत गरें ।’
नयाँ पार्टी गठनमा आफूलाई साथ नदिएका दोस्रो तहका नेताहरुतर्फ संकेत गर्दै उनले अघि भने, ‘मलाई घचेटेर अगाडि बढ भने, पछाडि हेर्छु त कोही पनि छैन ।’
अध्यक्ष नेपालले आफूलाई छाडेर एमालेमै बसेका दोस्रो पुस्ताका नेताहरुको पोल खोलेका छन् । ‘नेपाल कम्युनिष्ट पार्टी एकीकृत, कलम चिह्न भएको पार्टी यही दोस्रो पुस्ताका नेताले खोलेका हुन्’ उनले भने, ‘नेपाल कम्युनिष्ट पार्टी लोकतान्त्रिक निर्वाचन आयोगमा दर्ता भएको छ । यो पनि दोस्रो पुस्ताकै नेताहरुले खोलेका हुन् ।’
उनले दोस्रो पुस्ताका नेताहरु एमाले छाडेर आए अध्यक्ष छाड्न तयार रहेको बताए । ‘आउनुस्, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको अध्यक्ष बन्नुस्’ अध्यक्ष नेपालले भने, ‘अध्यक्षबाट अहिले, केही वर्षपछि राजनीतिबाटै विदा भइहाल्छु ।’ देशव्यापी संगठन बनाएर कार्यकर्तामा नयाँ उर्जा ल्याउने, वुथसम्म कमिटी बनाउने समेत उनले बताएका छन् ।
आफूहरुको संघर्ष पदको नभई विचार, सिद्धान्त, कम्युनिष्ट पार्टीलाई कम्युनिष्ट पार्टीकै रुपमा अगाडि बढाउने कि नबढाउने भन्ने भएको उनले सुनाए । उनले आफूले नेतृत्व गरेको पार्टी ओलीको पार्टीभन्दा फरक हुने समेत दाबी गरे ।
अध्यक्ष नेपालले वाम लोकतान्त्रिक शक्तिहरुसँग सहकार्य गर्दै अगाडि बढ्ने, तर तत्काल कुनै पार्टीसँग एकता नगर्ने समेत बताएका छन् । पार्टीको आधार बनाउनु पहिलो प्राथमिकता भएको भन्दै उनले भने, ‘माओवादीमा गएर मिल्छ कि भन्ने भ्रम नराखे हुन्छ । अरु कुनै पार्टीसँग तत्काल एकता गर्ने सोच छैन । अहिले यो पार्टीको आधार बलियो बनाउने छौं ।’
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु