पोखरा महानगरमा राजश्व हिनामिना भएको भन्दै अभियान पोखराद्वारा ध्यानाकर्षण गराइएको छ । आवाज विहिनको आवाज र विकल्प सहितको बिरोध भन्ने मूल नारा बोकेको पोखरा महानगरपालिका केन्द्रित ‘अभियान पोखरा’ ले आज पोखरा महानगरमा ७ करोड ८१ लाख ६ हजार १ सय ३२ रुपैयाँ आम्दानी भन्दा कम सञ्चित भएको सन्दर्भमा पोखरा महानगरका कर अधिकृत, प्रमुख प्रशासकीय अधिकृत लगायतलाई भेटी ध्यानाकर्षण गराएको जनाएको छ ।
महानगरका कार्यबावाह मेयर मञ्जुदेवी गुरुङलाई कार्यब्यस्तताका कारण आज भेट गर्न नसकिएको र प्रमुख प्रशासकीय अधिकृत महेश बरालले मिडियामा आएको बिषयमा अनविज्ञता प्रकट गर्दै महालेखाको प्रतिवेदन अध्ययन गरी एक हप्ता भित्र राजस्व हिनामिनाको सन्दर्भमा महानगरको आधिकारिक धारणा सार्वजनिक गर्ने बताएको अभियान पोखराका प्रवक्ता कृष्ण बरालले जानकारी दिए ।
अघिल्लो बर्ष हिसाब नमिलेको १ करोड ७३ लाख ११ हजार ९ सय ७८ रुपैंयाको सन्दर्भमा मेयर मान बहादुर जिसीले प्राइभेट सीए राखेर प्रतिवेदन तयार गर्ने भनी गरेको प्रतिबद्धताको बिषयमा अभियन्ताहरुले प्रश्न गर्दा प्रमुख बरालले प्रतिवेदन तयार गर्न जिम्मा दिइएको सीएले काम गर्न नसकेको साथै सो बिषयमा अख़्तियारले छानबिन गरिरहेको बताएको बरालले जनाए ।
त्यस्तै, महानगरका कर अधिकृत गणेश पाण्डेले अहिले ५ करोड राजस्व बढ़ी उठेको र सो रक़म अघिल्लो बर्ष महालेखा प्रतिवेदन अनुसार नमिलेको १३ करोडबाट घटाएर अब ८ करोड़को हिसाब मिलान गर्न बाँक़ी रहेको बताउँदा आफूहरु चकित परेको अभियान पोखराका कार्यक्रम संयोजक युवराज बरालले बताए । यसलाई उनीहरुले गैरजिम्मेवार जवाफ भनेका छन् ।
अभियानले आइतबार कार्यवाहक मेयर मञ्जुदेवी गुरुङलाई भेटेपछि आवश्यक परे थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने उनले बताए ।

सम्बन्धित खबर
स्याङ्जामा एक हजार ८५९ अस्थायी मतदाता
निर्वाचन र होलीलाई शान्तिपूर्ण बनाउन स्याङजामा प्रशासनको अपिल
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
स्याङ्जामा चुनावी ‘ड्राइ डे’ लागू, नतिजा नआएसम्म मदिरा बिक्रीवितरण तथा सेवनमा अस्थायी रोक
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला