डिभी परेपछि अमेरिका जान नक्कली शैक्षिक प्रमाणपत्र बनाउँदा पोखरा बस्ने केसीसहित ६ पक्राउ

डिभी परेपछि अमेरिका जान नक्कली शैक्षिक प्रमाणपत्र बनाउँदा पोखरा बस्ने केसीसहित ६ पक्राउ

kaski-kc

पोखरा । प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र बनाउन लगाउने ६ जनालाई पक्राउ गरेको छ । महाशाखाका अनुसार ईडीभी परेका व्यक्तिले भिसा प्रक्रियाका लागि आवश्यक शैक्षिक योग्यता देखाउन कक्षा १२ को नक्कली शैक्षिक प्रमाणपत्र बनाएको पाइएको हो ।

पक्राउ पर्नेमा नवलपरासी गैडाकोट न.पा. वडा नं. ३ , बेल्डिया घर भइ पोखरा महानगरपालिका – ५ मालेपाटन बस्ने ३० वर्षीय नरेश केसी, पाल्पा घर भई काठमाडौँको कुलेश्वर बस्ने सुमितरत्न गुभाजु, मोरङ घर भई ललितपुर बस्ने अमरबहादुर कटुवाल, नवलपुर घर भई काठमाडौँ बस्ने लक्ष्मण पाठक, काभ्रेका दीप विष्ट र काठमाडौँ टेकुका सोहिली शाही छन् ।

नक्कली कागजात बनाउने कार्यमा संलग्न उनीहरुलाई अमेरिकी दुतावाससँगको समन्वयमा  पक्राउ गरी कारबाही थालेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

उनीहरुको साथबाट नक्कली शैक्षिक प्रमाणपत्रसमेत बरामद गरिएको छ । शैक्षिक प्रमाणपत्र बनाउने कार्यमा संलग्न अन्य व्यक्तिको खोजतलास एवं थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds