अब स्वास्थ्य संस्थाले मात्रै एम्बुलेन्स संचालन गर्न पाउने

अब स्वास्थ्य संस्थाले मात्रै एम्बुलेन्स संचालन गर्न पाउने

Ambulence

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ निर्माण गरेर अब स्वास्थ्य संस्थाले मात्रै एम्बुलेन्स दर्ता र सञ्चालन गर्न पाउने जनाएको छ ।

निर्देशिका अनुसार अब स्वास्थ्य संस्थाले मात्र एम्बुलेन्स सञ्चालन गर्न पाउने भएका हुन् । पछिल्लो समय कोरोना महामारी बढेसँगै समुदायहरूमा रहेका समिति तथा विभिन्न समूहहरूले एम्बुलेन्स सञ्चालन ल्याइएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार सबै एम्बुलेन्सहरूमा अनिवार्य रूपमा अब फोर व्हील ड्राइभ, पावर स्टेरिङ, सस्पेन्सन चेन सिस्टमको हुनुपर्ने छ । एम्बुलेन्स चालकले राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रबाट निर्धारित तालिम लिनुपर्ने हुन्छ । यस्तै, चालक र एम्बुलेन्समा रहने आपत्कालीन मेडिकल प्राविधिकले पनि अनिवार्य रूपमा पोसाक लगाउनुपर्ने मन्त्रालयले जारी गरेको निर्देशिकामा उल्लेख छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ