काठमाडौं र एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि आक्रोश पोखेका छन् । गृहजिल्ला झापामा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई मंगलबार सम्बोधन गर्दै ओलीले आफ्नो पार्टी फुटाउन भूमिका खेलेको भन्दै प्रचण्डलाई धोकेबाज र छट्टु नेता भन्न भ्याए ।
प्रचण्ड असल बाबु, काका, ससुरो, सम्धी भएको भन्दै तर उनी धोकेबाज नेता भएको उनको भनाइ थियो । ‘प्रचण्ड असल बाउ हो, काका हो, असल ससुरो हो । तर धोकेबाज नेता हो । राम्रो सम्धी, राम्रो ससुरो, राम्रो ज्वाइँ राम्रो बा, राम्रो काका । उहाँ सबै हिसाबले राम्रो तर एउटैमात्र खराबी छट्टु नेता हो । कार्यकर्तालाई झुक्याएर, छक्याएर आफ्नो राजनीतिक दुनो सोझ्याउने मात्र हुन्,’ उनले भने ।
आफ्नै कार्यकर्ताको हत्याकाण्ड मच्चाउने उपेन्द्र यादवसँग प्रचण्डले गठबन्धन गरेर लेनदेनको राजनीति गरेको ओलीको आरोप थियो । ‘प्रचण्ड यस्तो तान्त्रिक, मायावी मान्छे हो । जादुगरले जस्तो यस्तरी मान्छे भुल्याउने अलमल्याउने गर्छन् । मान्छेलाई हो कि जस्तो पारेर भुल्याउँछन् । ०६४ मा सरकार बनाएर के गरे रु सहिद फालिएका छन् । गौरमा २४ जना मारिएका छन् । तिनैसँग सौदाबाजी गरिरहेका छन् । कार्यकर्ता मारिरहेका छन् । लेनदेनको राजनीति गरिरहेका छन्,’ उनले भने ।
ओलीले थपे, ‘प्रचण्डले एउटा चोइटो लगेर गएका माओवादी केन्द्रको नाममा माधव गुट मात्रै हो । माओवादी केन्द्र होइन । प्रचण्डको मोहजालमा नपर्नुस् । फर्किनुस् ।’
जनाधार गुमाइसकेर अझै प्रचण्डले धम्क्याउने गरेको बताउँदै उनले भने, ‘धम्क्याउनुपर्यो भने म आगो हुँ नजिक्याउ भन्ने । मैले पनि दुई बाल्टी पानी हाल्दिउला भने । केको आँटले धम्क्याउन खोजेको हो रु’ प्रचण्डको पछाडि लागेर जिन्दगी बर्बाद नपार्न माओवादी केन्द्रमा अल्झिएकालाई ओलीले आग्रह गरे ।
सम्बन्धित खबर
अर्थमन्त्रीको बोलीमा ‘दुई तिहाइ’ को दम्भ
परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै, भारत भ्रमणमा जस्तो सीमाबारे चुप नबस्न ओलीको सुझाव
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
बालेननिकट नेतासँग कोशी प्रदेश सभापतिमा हारेपछि सरिनले छाडिन् रास्वपा
घर भत्काइएका सुकुम्बासीसँग गृहमन्त्री सुधनले माफी मागे
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ