तनहुँको रक गार्डेनमा टिकटक बनाउने क्रममा सेतीमा खसेर पवित्रा बेपत्ता

तनहुँको रक गार्डेनमा टिकटक बनाउने क्रममा सेतीमा खसेर पवित्रा बेपत्ता

Rock Garden

तनहुँ । तनहुँको शुक्लागण्डकी स्थित सेती नदीमा खसेर एक युवती बेपत्ता भएकी छन्।

स्याङ्गजा जिल्ला हरिनाश गाउँपालिका घर भइ हाल शुक्लागण्डकी नगरपालिका वडा नं -८ लालिम बस्दै आएकी १९ वर्षीया पवित्रा लम्साल मंगलबार दिउँसो साथीहरुसँग टिकटक बनाउने क्रममा अचानक लड्न पुग्दा सेतीमा बेपत्ता भएकी हुन्।

साथीहरुको भनाई अनुसार युवती नवदुलही भएको बुझिएको छ। रक गार्डेनस्थित माथिल्लो काठको पुल छेउमा बसेर टिकटक बनाउने क्रममा चिप्लिएर उनी सेतीमा खसेको बताइएको छ।

घटनाबारे बुझ्दा तनहुँका प्रहरी प्रवक्ता तथा डिएसपी युवराज तिमिल्सिनाले घटनाबारे जानकारी आएको बताए। उनले गण्डक न्यूजसँग भने -‘घटनाबारे जानकारी आएको छ, तर टिकटक बनाउने क्रममा हो या अन्य के कारण हो खुलिसकेको छैन ।’ यद्यपी उनको खोजीकार्य शुरु गरिएको प्रवक्ता तिमिल्सिनाले बताए।

युवतीको घर स्याङ्गजाको हरिनाश भएपनि यहाँ अंकल आन्टीसँग बस्दै आएको तिमिल्सिनाले जानकारी दिए।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ