पोखरा १८ सराङकोट स्थित मणिज्योति आधारभूत विद्यालयमा पुस्तकालय स्थापना गरिएको छ । पोखरा जेसीजको वार्षिक कार्यक्रम जेसीज सप्ताह–२०२१ को समुद्घाटनसँगै पहिलो दिन मंगलबार उक्त विद्यालयमा जेसीज लाईब्रेरी स्थापना गरिएको हो ।
अन्तराष्ट्रिय बाल दिवसको अवसर पारेर सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको क्षमता वृद्धि सँगै सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तरियता सुधार गर्ने प्रमुख उद्देश्यका साथ भावी दिनमा सुविधा सम्पन्न आधुनिक लाइब्रेरी निर्माण गर्ने अभियान स्वरुप अहिले लाइब्रेरी स्थापना गरिएको पोखरा जेसीजले जनाएको छ ।
पोखराको जेठो मध्येको एक संस्था पोखरा जेसीजले सन् १९८४ बाटै उक्त विद्यालयको भौतिक संरचना निर्माण देखि विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने लगाएतका आवश्यकीय सहयोग निरन्तर गर्दै आइरहेको छ ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपलिका वडा नम्बर १८ का अध्यक्ष रणबहादुर थापाले पोखरा जेसीजले समाजमा पहिले देखी नै उदाहरणीय काम गर्दै आइरहेको र हरेक वर्ष वडा नम्बर १८ लाई प्राथमिकतामा राखी कार्यक्रम गरेकोमा धन्यवाद दिँदै अन्य कार्यक्रममा पनि वडा कार्यलय पोखरा जेसीजसँग सहकार्य गर्न इच्छुक रहेको बताए ।

कार्यक्रमको अध्यक्षता गरेका पोखरा जेसीज वर्ष २०२१ का अध्यक्ष किरण केसीले जेसीजले समुदायका विभिन्न संघ सस्थाहरुसँग सहकार्य गरी समुदायमा निरन्तर रुपमा सामुदायिक उत्तरदायित्व बहन गर्दै आइरहेको र हरेक वर्ष झैं यो वर्ष पनि जेसीज सप्ताह कार्यक्रम आयोजना गरिएको बताए ।
विद्यालयका प्रधानाध्यापक क्षेत्र बहादुर भुजेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिनबहादुर बानियाँ, पोखरा जेसीजका पूर्व अध्यक्ष शिव सुवेदी, लेखनाथ जेसीजका अध्यक्ष नवराज पौडेल, पोखरा लेडी जेसीजका अध्यक्ष विनिता सापकोटा कंडेल, वडा नम्वर १८ का वडा सदस्य सरला नेपाली लगाएतका वक्ताहरुले बोलेका थिए ।
कार्यक्रममा पोखरा जेसीजका सामुदायिक विकास क्षेत्रका निर्देशक कपिल पौडेलले आस्थापाठ र उपाध्यक्ष विनु श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम संयोजक सञ्जय पौडेलले धन्यवाद मन्तव्य राखे भने पोखरा जेसीजका सचिव प्रकाश घिमिरेले सो कार्यक्रम संचालन गरेका थिए ।

सन् १९८४ देखि सामुदायिकतहमा सप्ताहव्यापी कार्यक्रम गर्दै आइरहेको पोखरा जेसीजले यसलाई निरन्तरता दिँदै आएको समेत बताए । लाईफ केयर डाईग्नोस्टिक एण्ड रिसर्च सेन्टर पोखरा प्रा. लि.को मुख्य प्रायोजन र मेडिप्लस हस्पिटल, दिवस आचार्य, सुरेश के.सी लगाएत विभिन्न संघ संस्थाहरुको आर्थिक सहयोगले यस कार्यक्रमलाई सम्पन्न गर्न सहज भएको हुँदा सम्पुर्ण सहयोगीहातहरुप्रति आभार व्यक्त गरिएको छ ।
पोखरा जेसीजको सामाजिक कार्यलाई प्रवर्द्धन गर्न मिडिया पार्टनरमा गण्डकन्यूज रहेको छ ।
सम्बन्धित खबर
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
दरौंखोला र गड्यौलीखोलामा ७५ हजार माछाका भुरा छाडियो
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’