प्रचण्डले पापी मन राखेर एकता गरेको रायमाझीको आरोप

प्रचण्डले पापी मन राखेर एकता गरेको रायमाझीको आरोप

top rayamajhi

पुर्व माओबादी तथा नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले एमालेविरुद्ध असफल नेताहरुको गठबन्धनले घेराबन्दी गरेको बताएका छन्।

नेता रायमाझीले कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको गठबन्धनलाई असफल नेताहरुको महागठबन्धन भन्दै त्यसलाई एमालेले असफल पारेर फेरि सत्ताको नेतृत्वमा पुग्ने दाबी गरे ।

रुपन्देहीको कार्यकर्ता भेलालाई बुधबार बुटवलमा बोल्दै उनले विगतमा असफल भएका नेताहरुको महागठबन्धनले एमालेविरुद्ध घेराबन्दी गर्ने चेष्टा गरेको बताएका हुन् ।

पुष्पकमल दाहाल प्रचण्डले पापी मन राखेर एकता गरेको रायमाझीले आरोप लगाए । पदका लागि प्रचण्डले पार्टी एकता तोडेको उनको आरोप छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ