माधव नेपालको पार्टी आफैँ समाप्त हुन्छः ईश्वर पोखरेल

माधव नेपालको पार्टी आफैँ समाप्त हुन्छः ईश्वर पोखरेल

Ishwor Pokhrel

काठमाडौँ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधव नेपाल नेतृत्वको पार्टीको भविष्य नभएको भन्दै आफै समाप्त हुने दाबी गरेका छन्।

नेपाल निजामती कर्मचारी संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘पार्टीबाट विभाजन भएर गएको माधव नेपालको पार्टी आफै सकिन्छ। चोइटिएर जानेको भविष्य टिक्दैन। समाप्त भएर जान्छ।’

एमालेविरुद्ध बनेको सत्तारुढ गठबन्धन धेरै दिनसम्म टिक्न नसक्ने उनले दाबी गरे।

उनले राष्ट्रिय आवश्यकताविपरीत विभाजन हुनेहरू निर्वाचनबाट पराजित हुने पनि बताए ।

पार्टीको पक्ष र पार्टीले गरेको आन्दोलनको पक्षमा उभिएका निजामती कर्मचारीहरूलाई संगठित हुन समेत उनले निर्देशन दिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ


This will close in 4 seconds