काठमाडौँ । नेकपा एमालेका नेता तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङले केपी ओली सरकार विस्थापित गर्न परमादेश जारी गर्ने न्यायाधीश र मुद्दा हाल्ने वकिलहरू पदकबाट विभुषित हुनुले गम्भीर आशंका पैदा गरेको बताएका छन् ।
संविधान दिवसका अवसरमा एमालेले च्यासलमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेम्वाङले परमादेश जारी गरेर सरकारमा ल्याइदिएको गुन तिर्न पदक दिएको हो भने त्यो बेठीक भएको बताए ।
उनले न्यायाधीशहरूलाई पदक अस्वीकार गर्न समेत सुझाव दिएका छन् ।
दिल्लीमा बसेर एमाले फुटाउन भूमिका खेल्नेले समेत पदक पाएको भन्दै नेम्वाङले भने, ‘एक जना साथी दिल्लीमा हुनुहुन्थ्यो । दिल्लीबाटै पार्टी फुटाउन भूमिका खेल्नुभयो, उहाले पाउनु भएछ ।’ उनको संकेत पूर्व प्रधानमन्त्री एवं एकीकृत समाजवादीका नेता झलनाथ खनालतिर थियो । खनाललाई राष्ट्र गौरव विभूषण प्रदान गर्ने निर्णय भएको छ ।
प्रचण्ड र माधवकुमार नेपालतर्फ संकेत गर्दै नेम्वाङले भने, दुई जना नेताहरु यही रहेर क्रियाशील हुनुहुन्थ्यो, उहाँहरुका परिवारका महत्वपूर्ण सदस्यले मेडल पाउनु भएछ ।’ माधव नेपालका पिताले प्रवल जनसेवाश्री ले र प्रचण्ड पत्नी सीता दाहालले उज्जवल कीर्तिमय राष्ट्रद्वीप पदक पाएका छन् ।
नेम्वाङले भनेका छन्, ‘हाम्रो पार्टीको सरकारविरुद्ध मुद्दा लगाउने साथीहरुले मेडल पाउनु भएछ । मुद्दामा भूमिका निर्वाह गर्नुहुने कामनून व्यवसायी मित्रहरुले मेडल पाउनु भएछ । त्यसैगरी अरु ढंगले भूमिका निर्वाह गर्नेहरुले पाउनु भएछ । मुद्दाको फैसला गर्ने सवैधानिक इजलासमा बस्नु भएको न्यायाधीशहरुले पाउनु भएको छ ।’
‘यस्तै भएको हो भनेर म टिप्पणी गर्दिन । तर पारि चितुवा करायो, वारि सिंगारी हरायो भने जस्तै कार्य भयो । उहाँहरुलाई न्यायाधीशका रुपमा आदर गर्छु । त्यसैले उहाँहरुलाई आग्रह गर्छु, यस्तो सन्देश जान दिनु हुँदैन । यहाँहरुले तरुन्तै यो दिइएको मेडल हामी अस्वीकार गर्छौं भनेर घोषणा गरिदिनुस्’, नेम्वाङले भने ।
सम्बन्धित खबर
रौतहटमा रास्वपा उम्मेदवार सवार गाडीको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु, उम्मेदवार र चालक फरार
दल र उम्मेदवारले २५ हजारभन्दा बढी नगद सहयोग लिन नपाइने, पुराना खाताको रकम नयाँमा सार्नुपर्ने
लोकतान्त्रिक अभ्यासलाई सुदृढ गर्न आगामी निर्वाचन महत्त्वपूर्ण: उपराष्ट्रपति
जनताको साथ रहेसम्म एमालेलाई कसैले हराउन सक्दैन: ओली
संसद पुनर्स्थापनाको विषयमा सर्वोच्च भाग्न पाउँदैन: महेश बस्नेत
मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछु : पृथ्वीसुब्बा गुरुङ
यो पनि पढौँ
सुनकाे मूल्य आज घट्यो
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनसँगै चुनावी अभियानमा हिँडेका पत्रकार सिटौला अछाममा बेहोस, सेनाको हेलिकप्टर पठाइयो
बालेनलाई निर्वाचन आयोगले सोध्यो दोस्रोपटक स्पष्टीकरण