नेकपा एमाले रूपन्देहीका जिल्ला अध्यक्षसमेत रहेका बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले ज्योतिनगरमा दनक भेटेका छन् । ज्योतिनगरमा खसेको पहिरो अवलोकन गर्न पुगेका मेयर सुवेदीलाई स्थानीय एक युवकले मुक्का हानेका हुन् । मुक्का खाएका मेयर सुवेदीलाई प्रहरीले बचाएर लगेको छ ।
पहिरो अवलोकनका लागि मेयर सुवेदी, नगर प्रहरी, नेपाल प्रहरीको टोली लिएर दलबलसहित पुगेका थिए । मेयर सुवेदी एमालेका नेता समेत हुन् । सो स्थानमा केही दिन अगाडि पहिरो खसेर घरहरूमा क्षति पु¥याएको थियो । सोमबार पनि पहिरो खस्दा ३ वटा घरमा क्षति पुगेको छ ।
पहिलोमा परेका जनताको माग सुनुवाइ नगरेको भन्दै रिसाएका स्थानीयले मेयर सुवदीमाथि आक्रमण गरेको जनाएका छन् ।
मुक्का प्रहार गर्ने व्यक्ति एमालेकै कार्यकर्ता
मुक्का प्रहार गरेका युवा ज्योतिनगरका गणेश पंगेनी रहेको प्रहरीले बताएको छ। लुम्बिनी वाणिज्य क्याम्पसमा अध्यनरत पंगेनी अनेरास्ववियू रुपन्देही जिल्ला कमिटीका सदस्य समेत हुन्।
उनले झण्डै एक महिनादेखि पहिरोले घर पुरिए पनि स्थानीय सरकारले पहिरो व्यवस्थापनमा चासो नदिएकाले मुक्का हानेको प्रहरीसामू बताएका छन्।
ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख मदन कुँवरले भने बाहिर चर्चामा आएजस्तो पक्राउ गर्ने गरी घटना नभएको भन्दै पक्राउ नगरिएको बताएका छन्।
गत भदौ १३ गते ज्योतिनगर र लक्ष्मीनगर माथिको चुरे पहाडबाट पहिरो झरेको स्थानमा सोमबार पुनः पहिरो झर्न थालेपछि मेयर सुवेदी पहिरो निरीक्षणको लागि पहिरोग्रस्त क्षेत्रमा पुगेका थिए।
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु