नेकपा एमाले रूपन्देहीका जिल्ला अध्यक्षसमेत रहेका बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले ज्योतिनगरमा दनक भेटेका छन् । ज्योतिनगरमा खसेको पहिरो अवलोकन गर्न पुगेका मेयर सुवेदीलाई स्थानीय एक युवकले मुक्का हानेका हुन् । मुक्का खाएका मेयर सुवेदीलाई प्रहरीले बचाएर लगेको छ ।
पहिरो अवलोकनका लागि मेयर सुवेदी, नगर प्रहरी, नेपाल प्रहरीको टोली लिएर दलबलसहित पुगेका थिए । मेयर सुवेदी एमालेका नेता समेत हुन् । सो स्थानमा केही दिन अगाडि पहिरो खसेर घरहरूमा क्षति पु¥याएको थियो । सोमबार पनि पहिरो खस्दा ३ वटा घरमा क्षति पुगेको छ ।
पहिलोमा परेका जनताको माग सुनुवाइ नगरेको भन्दै रिसाएका स्थानीयले मेयर सुवदीमाथि आक्रमण गरेको जनाएका छन् ।
मुक्का प्रहार गर्ने व्यक्ति एमालेकै कार्यकर्ता
मुक्का प्रहार गरेका युवा ज्योतिनगरका गणेश पंगेनी रहेको प्रहरीले बताएको छ। लुम्बिनी वाणिज्य क्याम्पसमा अध्यनरत पंगेनी अनेरास्ववियू रुपन्देही जिल्ला कमिटीका सदस्य समेत हुन्।
उनले झण्डै एक महिनादेखि पहिरोले घर पुरिए पनि स्थानीय सरकारले पहिरो व्यवस्थापनमा चासो नदिएकाले मुक्का हानेको प्रहरीसामू बताएका छन्।
ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख मदन कुँवरले भने बाहिर चर्चामा आएजस्तो पक्राउ गर्ने गरी घटना नभएको भन्दै पक्राउ नगरिएको बताएका छन्।
गत भदौ १३ गते ज्योतिनगर र लक्ष्मीनगर माथिको चुरे पहाडबाट पहिरो झरेको स्थानमा सोमबार पुनः पहिरो झर्न थालेपछि मेयर सुवेदी पहिरो निरीक्षणको लागि पहिरोग्रस्त क्षेत्रमा पुगेका थिए।
सम्बन्धित खबर
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त
प्रतिनिधि सभा निर्वाचन: शनिबारदेखि समानुपातिकको प्रक्रिया सुरु, प्रत्यक्षको मनोनयन माघ ६ मा
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’