कोरोना संक्रमण घट्दै : देशभरका १३३० जनामा संक्रमण, पाँच जनाको मृत्यु

कोरोना संक्रमण घट्दै : देशभरका १३३० जनामा संक्रमण, पाँच जनाको मृत्यु

covid-19-corona

पछिल्लो २४ घण्टामा देशभरका १३३० जनामा संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड सम्बन्धी दैनिक अपडेट अनुसार पछिल्लो २४ घन्टामा देशभरका १३ हजार ६२२ जनामा गरिएको नमुना परीक्षणमा १३३० जनाको रिपोर्ट पोजेटिभ आएको हो।

मन्त्रालयका अनुसार सोही अवधिमा पाँच जनाले संक्रमणका कारण ज्यान गुमाएका छन् भने, १८३० जना कोरोनामुक्त भइ घर फर्किएका छन्।

हाल देशभरमा सक्रिय संक्रमितको संख्या २१ हजार ५२४ रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds