लोभी-पापीको हड्डीको लडाइँले मन्त्रिपरिषद्ले पूर्णता पाएन : ओली

लोभी-पापीको हड्डीको लडाइँले मन्त्रिपरिषद्ले पूर्णता पाएन : ओली

kp-sharma-oli

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिलेसम्म मन्त्रिपरिषद्ले पूर्णता नपाएको भन्दै सरकारको आलोचना गरेका छन्। ओलीले ७२ दिनदेखि मन्त्रिमण्डलले पूर्णता नपाउनुमा लोभी पापीहरूको हड्डीको लागि लडाइँ रहेको बताएका हुन्। यो सरकार जनताको हितमा नभएको उनको दाबी छ।

एमाले जिल्ला कमिटी बर्दियाद्वारा आयोजित अगुवा कार्यकर्ता भेलालाई बुधबार गुलरियामा सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।

अर्को सन्दर्भमा बोल्दै उनले पार्टी नफुटेको तर दुई चारजना कार्यकर्ता मात्रै पार्टीबाट बाहिरिएको बताए। उनले भने, ‘केही कुहिएका पातहरु झरेर गए। पार्टी फुटेको होइन, अदालतले फैसला गर्‍यो भने यिनीहरूको पार्टीले मान्यता पाउनै सक्दैन। माधवकुमार नेपालको साथमा दुई चारजना कार्यकर्ता मात्रै छन्।’

अर्को प्रसंगमा बोल्दै ओलीले माओवादी केन्द्रले गएको निर्वाचनमा ५ वटा सिट ल्याउने अवस्था नहुँदा पनि आफूहरुले ३६ सिट जिताइदिएको बताए। उनले भने, जुन हातमा दूध र भात दियौं, त्यहीँ हातले प्रचण्डले टोकिदिए।’ दाहालको पछि लागेर विनाशको बाटोबाहेक केही नहुने उनको भनाइ छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ