केपी ओली विदेशीका दलाल, फासिस्ट र अहंकारी हुन् : प्रचण्ड

केपी ओली विदेशीका दलाल, फासिस्ट र अहंकारी हुन् : प्रचण्ड

prachanda

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओलीलाई फासिस्टको संज्ञा दिएका छन्। उनले ओलीलाई हरुवा, भगौडा र फासिस्टको संज्ञा दिएका हुन्।

केपी ओली विदेशीका दलाल, फासिस्ट र अहंकारी हुन्। उनी हिन्दु अतिवादीका अहंकारी र दलाल पनि हुन्, काभ्रेमा भइरहेको वाइसीएलको भेलामा उनले भने।

उनले ओलीजस्तो अहंकारी, दम्भ भएको र फासिष्टलाई ७० प्रतिशत बहुमतले कारबाही गरेको भन्दै विदेशी षड्यन्त्रका कारण मात्र उनी कारबाहीबाट जोगिएको दाबी गरे। केपी ओलीजस्तो मूर्ख र बुद्धिहीन मान्छे मैले देखेको छैन।

पार्टी एकता इमानदारीपूर्वक अघि बढाएको भए महान् नेता हुने बाटो आफ्नै बुद्धिले केपीले भाँडेको हो।

विदेशी षड्यन्त्रसामु आत्मसमर्पण गरेर पार्टीलाई विसर्जन गरेको छ, उनले भने।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ