देशभरका १५ हजार जनाको परीक्षण गर्दा १२ सय जनामा संक्रमण पुष्टि, १३ को मृत्यु

देशभरका १५ हजार जनाको परीक्षण गर्दा १२ सय जनामा संक्रमण पुष्टि, १३ को मृत्यु

Corona update 1

देशभरका १२३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा १५ हजार २४३ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट पोजेटिभ आएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड सम्बन्धी दैनिक अपडेट अनुसार सोही अवधिमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १३२४ रहेको छ भने, १३ जनाले संक्रमणकै कारण ज्यान गुमाएका छन्।

पछिल्लो २४ घण्टामा देशभरका १३८३८५ जनाले कोभिड विरुद्धको खोप लगाएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या २० हजार ७४३ रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ