पोखराको अमरसिंहचोकमा मालवाहक ट्रक दुर्घटना, बिजुलीको पोलमा क्षति

पोखराको अमरसिंहचोकमा मालवाहक ट्रक दुर्घटना, बिजुलीको पोलमा क्षति

truck

पोखरा।  शुक्रबार राति पोखराको अमरसिंह चोकमा मालवाहक ट्रक दुर्घटनामा परेको छ।

पोखरा तर्फ आऊँदै गरेको ना ३ ख ६४०० नम्वरको ट्रकले अमरसिंह चोकमा रहेको बिजुलीको पोलमा ठक्कर दिएको हो।  ट्रकको ठक्करबाट बिजुलीको पोल पूर्ण रुपमा क्षति भएको छ।

कास्की ट्राफिक प्रहरी कार्यालयका अनुसार कुनै मानवीय क्षति भने भएको छैन । रातको समयमा सडकमै रहेको पोलमा ठक्कर खान पुगेको प्रहरीले जनाएको छ । चोक फराकिलो पार्ने क्रममा बिजुलीको पोल नसार्दा सडक छेउमै रहन पुगेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ