विराटनगर उडेको बुद्ध एयरको जहाज २ घण्टा फन्को मारेर त्रिभुवन विमानस्थलमै सफल अवतरण भएको दिन सोमबार नै पोखरा उडेको जहाज पनि काठमाण्डौ फिर्ता भएको छ ।
ककपिटमा धुवाँ देखिएपछि सोमबार बुद्ध एयरकै अर्को जहाज आजै काठमाडौं फिर्ता भएको हो । बिहान साढे ७ बजे काठमाडौंबाट पोखराका लागि उडेको यू ६०१–९ एनएजेओ जहाज पोखरा नपुगी काठमाडौं फिर्ता भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।
जहाज गोरखाको मनकामनामाथि पुग्दा प्राविधिक समस्या देखिएको इन्डिकेटरमा देखिएपछि काठमाडौं फर्किएको थियो । जहाजमा देखिएको समस्या समाधान गरी सो जहाज पुनः पोखरा आइसकेको छ । ककपिटमा धुँवा देखिएपछि जहाज फिर्ता भएको जनाइएको छ ।
बुद्ध एयरका अधिकारीहरुले समेत सो जहाजमा मेजर समस्या नदेखिए पनि चालक दलले जोखिम नलिई जहाज फिर्ता गरेको जनाएका छन् ।
बुद्ध एयरको समस्या यो पहिलो भने होइन । गत साउन ११ गते पनि उडिरहेका बुद्ध एयरका दुई जहाज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको थियो । काठमाडौं–धनगडी उडानमा रहेको बुद्ध एयरको जहाजको हाइड्रोलिकमा समस्या आएपछि काठमाडौंमै आकस्मिक अवतरण गरिएको थियो ।
विमानस्थलका अनुसार काठमाडौंबाट धनगढी उडेको बुद्ध एयरको बीएचए २५५ नम्बर उडानको एटीआर ७२ जहाजमा प्राविधिक समस्या आएपछि साँझ ६स् ३० बजे काठमाडौं अवतरण भएको थियो । ११ साउनमै काठमाडौंबाट नेपालगञ्ज उडेको जहाज पनि आकमिस्क अवतरण गराइएको थियो ।
सम्बन्धित खबर
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
वालिङमा नयाँ वर्षलाई लक्षित गर्दै ‘फर्स्ट एक्स्पो’ हुँदै
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर