मंगलबार मन्त्रिपरिषद विस्तार नहुने भएको छ । सोमबार अध्यादेश खारेज भएपछि मंगलबार मन्त्रिपरिषद् विस्तार हुने विश्वास गरिएको थियो ।
सत्ता गठबन्धनका दुई दलहरु नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले मन्त्रीको सूची प्रधानमन्त्रीलाई बुझाउन नसकेपछि मंगलबार मन्त्रिपरिषद् विस्तार नहुने भएको हो ।
सम्भवत: बुधबार मन्त्रिपरिषद विस्तार हुने बालुवाटार स्रोतको दाबी छ । सत्तारुढ गठबन्धनमा मन्त्रीहरुको संख्यामा भने सहमति भइसकेको छ । कांग्रेसले प्रधानमन्त्रीसहित ७ मन्त्री र एक राज्यमन्त्री, माओवादी केन्द्रले ७ मन्त्री, नेकपा एसले ६ मन्त्री र जसपाले ६ मन्त्री पाउने दलहरुबीच सहमति भएको छ ।
तर मन्त्रालयबारे भने सहमति नभइसकेको दलहरुले बताएका छन् । मन्त्रीको संख्यामा टुङ्गो लागेपछि कांग्रेसले आफ्नो बाँकी रहेको कोटाका लागि मन्त्रीहरुको नाम टुङ्गो लगाएको छ । कांग्रेसबाट डा. मिनेन्द्र रिजाल, दिलेन्द्र बडु र उमाकान्त चौधरी तथा भिमसेनदास प्रधानमध्ये एकजनालाई मन्त्री बनाउने सहमति भएको छ ।
उता नेकपा एसले पनि ५ जनाको नाम प्रधानमन्त्री देउवालाई बुझाइसकेको छ । थप एकजनाबारे भने निर्णय भइनसकेको नेकपा एसका एक नेताले जानकारी दिए । नेकपा एसबाट विरोध खतिवडा, मेटमणि चौधरी, प्रेम आले, रामकुमार झाँक्री र जीवनराम श्रेष्ठको नाम सिफारिस भएको छ ।
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु