बिहीबार गण्डकीका ८८ जनामा कोरोना पुष्टि भएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका ८५९ जनामा गरिएको नमुना परीक्षणमा थप ८८ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।
आज संक्रमण पुष्टि हुनेमा गण्डकीका आठ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ४३ जना, तनहुँका छ जना, गोरखाका दुई जना, लमजुङका तीन जना र नवलपुरका छ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै स्याङ्गजाका २० जना, पर्वतका पाँच जना र बागलुङ जिल्लाका तीन जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
आज आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ८५ हजार ६५९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट ५७ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ८३ हजार ३० पुगेको छ। गण्डकीमा हाल सक्रिय संक्रमितको संख्या १२६७ रहेको छ।
बिहीबार गण्डकीमा थप दुई जनाको कोरोना संक्रमणका कारण मृत्यु पुष्टि भएको छ। आज मृत्यु पुष्टि हुनेमा कास्की जिल्ला रुपा गाउँपालिकाका ८१ वर्षीय वृद्ध र तनहुँ जिल्ला भानु नगरपालिकाका ७२ वर्षीय वृद्ध छन् ।
आज मृत्यु पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको कूल संख्या १३६२ पुगेको निर्देशनालयले जनाएको छ।


सम्बन्धित खबर
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो