नेपालको औद्योगिक घराना लक्ष्मी हाउसबाट स्थापित तथा पोखरा उद्योग वाणिज्य संघद्वारा सञ्चालित लक्ष्मी विद्यापदक २०७८ विद्यार्थीहरुलाई प्रदान गरिएको छ ।
पोउवा संघको ६७ औं साधारणसभाको अवसरमा उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरिएको हो । त्रिभुवन विश्वविद्यालयअन्तर्गत वाणिज्य शास्त्रतर्फ स्नातकोत्तर (एमबिएस) मा उत्कृष्ट अंक ल्याउने पृथ्वीनारायण क्याम्पसका अनिल पौडेल, स्नातक (बिबिएस) तर्फ उत्कृष्ट अंक ल्याउने कन्या क्याम्पस, पोखराकी ममता शाह तथा स्नातक (बिबिए) तर्फ उत्कृष्ट अंक ल्याउने पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा कलेज अफ म्यानेजमेण्ट (पीसीएम) की बिनु श्रेष्ठलाई नगद र पदकबाट सम्मानित गरिएको हो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले उनीहरुलाई सम्मान गरे । अनिलले ५९.५० प्रतिशत, ममताले ७१.८० प्रतिशत र विनुले ३.९९ सिजिपिए ल्याउँदै पदक प्राप्त गरेका हुन् ।
अनिलले नगद २५ हजार तथा ममता र विनुले नगद १५-१५ हजार रुपैयाँसहित पदक तथा प्रमाणपत्र प्राप्त गरेको प्रतिभा छनौट समितिका संयोजक तीर्थ श्रेष्ठले जानकारी दिए । लक्ष्मी हाउसका निर्देशक सुनिल श्रेष्ठका अनुसार २०५६ सालबाट हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मानित गरिँदै आइएको छ ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ