नेपाली फुटबल टोलीले लगायो माल्दिभ्समा दशैंको टीका

नेपाली फुटबल टोलीले लगायो माल्दिभ्समा दशैंको टीका

nepali_football_1_pxvyUqotuN

तस्बिर : एन्फा

साफ च्याम्पियनसिप फुटबल खेल्नका लागि हाल माल्दिभ्समा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले दशैंको टीका लगाएको छ ।

साफ च्याम्पियनसिपको फाइनलमा पुगेर नेपाललाई ऐतिहासिक सफलता दिलाएको नेपाली फुटबल टोलीले आज विजया दशमीको दिन माल्दिभ्समा नै दशैँको टिका लगाएको हो।

टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले समेत नेपाली ढाका टोपीमा सजिएर टिका र जमरा लगाएका छन्। भने, खेलाडी लगायत नेपाली प्रतिनिधीले सामुहिक टीका लगाएका छन् ।

विजया दशमीको टीकालाई जितको प्रतीक मानिन्छ । पहिलो पटक साफ फुटबलको उपाधि जित्ने योजनासहित अहिले नेपाली टोली तयारीमा छ । टोलीले भोली शनिबार उपाधिका लागि भारतसँग प्रतिस्पर्धा गर्दैछ।

तस्बिरहरु : एन्फा

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ