साफ च्याम्पियनसिप : नेपाललाई इतिहास रच्ने मौका, प्रशिक्षक अलमुताइरीलाई फाइनलमा प्रतिवन्ध

साफ च्याम्पियनसिप : नेपाललाई इतिहास रच्ने मौका, प्रशिक्षक अलमुताइरीलाई फाइनलमा प्रतिवन्ध

nepali_football_1_pxvyUqotuN

तस्बिर : एन्फा

माल्दिभ्समा जारी १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलको फाइनल खेल आज हुँदैछ। उपाधिका लागि नेपाल र भारत मैदानमा उत्रिदैछन्।  खेल आज राति ८:४५ बजे राजधानी मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुँदै छ ।

आज हुने फाइनल खेलमा नेपालका स्ट्राइकर अञ्जन विष्ट भने खेल्न पाउने छैनन् । लगातार दुईवटा खेलमा पहेंलो कार्ड पाएका कारण उनले फाइनल खेल गुमाउन पुगेका हुन्।

साफको फाइनलमा पुगेर ऐतिहासिक सफलता पाएको नेपालले आज पुनः भारतलाई पराजित गर्न सके इतिहास रच्ने मौका पाउने छ । तर, इतिहास हेर्दा सातपटक प्रतियोगिताको उपाधि उचालिसकेको भारत विरुद्ध जित निकाल्न भने नेपाललाई सहज हुने छैन । अहिलेसम्म नेपाल र भारत २२ खेलमा आमनेसामने भएका छन् । जसमा भारतले १५ खेलमा जित हात पारेको छ । भने, नेपालले २ खेलमात्र जितेको छ । जसमा पाँच खेल बराबरी भएको छ ।

साफ च्याम्पियनसिपमा यसपटक पाँच टोलीले सहभागिता जनाएका थिए । राउन्ड रोबिन प्रणालीमा भएको प्रतियोगितामा लिगको शीर्ष दुईले फाइनलमा प्रतिस्पर्धा गर्न लागेका हुन् ।

प्रशिक्षक अलमुताइरीलाई फाइनलमा प्रतिबन्ध

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले भारतविरुद्धको साफ च्याम्पियनसिपको फाइनल खेल गुमाउने भएका छन्। प्रतियोगिताको लिग चरणका दौरान दुई फरक खेलमा पहेंलो कार्ड पाएको भन्दै साफले उनीमाथि प्रतिबन्ध लगाएको हो।

दक्षिण एसियाली फुटबल (साफ) ले तयार पारेको प्रतियोगिताको नियमावली अनुसार फरक खेलमा पहेंलो कार्ड पाएमा खेलाडीले अर्को खेल खेल्न नपाउने उल्लेख छ। खेलका क्रममा रातो कार्ड पाएमा भने अफिसियलले पनि अर्को खेल गुमाउने नियमावलीमा उल्लेख छ। तर, साफले अलमुताइरीले दुई फरक खेलमा पहेंलो कार्ड पाएको कारण देखाउँदै फाइनलमा प्रतिबन्ध गरेको हो।

यसैगरी भारतका प्रशिक्षक इगोर स्टिमाचले फाइनलमा प्रतिबन्ध भोगेका छन्। स्टिमाचले माल्दिभ्सविरुद्ध भएको खेलमा दुई पहेंलोसहित रातो कार्ड नै पाएका थिए। स्टिमाचसँगै अलमुताइरीलाई पनि प्रतिबन्ध गरेकाले नेपाल र भारतले मुख्य प्रशिक्षकबिना नै फाइनल खेल खेल्नुपर्ने भएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds