अल्मुताइरीको आक्रोश : ‘हाम्रो प्रतिद्वन्द्वीले जितोस् भन्ने चाहन्छन् भने सिधै ट्रफी दिँदा हुन्छ’

अल्मुताइरीको आक्रोश : ‘हाम्रो प्रतिद्वन्द्वीले जितोस् भन्ने चाहन्छन् भने सिधै ट्रफी दिँदा हुन्छ’

almutairi

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाली फुटबलमाथि अन्याय भएको बताएका छन् । आज हुने भारतविरुद्धको फाइनल खेलमा सहभागी हुन नपाउने भएपछि अल्मुताइरीले नेपाल दक्षिण एसियाली फुटबल (साफ)ले आफैँले बनाएको नियमको पालना नगरेको बताएका छन् ।

प्रतिबन्धपछि आयोजित भर्चुअल प्रत्रकार सम्मेलन मार्फत उनले आफूमाथिको कारबाही व्यक्तिगत मात्र नभएर नेपाली राष्ट्रिय टोलीको प्रशिक्षकमाथि र नेपाली फुटबलमाथिको कारबाही भएको समेत प्रतिक्रिया दिएका छन् ।

“साफले आफैँले बनाएको नियमको पालना गरेन । यदि उनीहरू हाम्रो प्रतिद्वन्द्वीले जितोस् भन्ने चाहन्छन् भने ट्रफी नै दिँदा हुन्छ । तर, म सत्यका लागि लड्नेछु,” उनले भने।

साफले एकपक्षीय निर्णय गरेको उनको आरोप थियो। साफले गरेको अन्यायविरुद्ध आफू कोर्ट अफ आर्बिट्रेसन इन स्पोर्ट्स (कास)मा समेत जाने उनले बताए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ