माल्दिभ्सबाट फर्किएको नेपाली टोलीलाई विमानस्थलमा भव्य स्वागत

माल्दिभ्सबाट फर्किएको नेपाली टोलीलाई विमानस्थलमा भव्य स्वागत

football

साफ च्याम्पियनसिपमा भाग लिने गएको नेपाली फुटबल टोली आज स्वदेश फर्किएको छ।

माल्दिभ्समा भएको खेलमा उपविजेता बनेको नेपाली टोली आज बिहान नेपाल आइपुगेको हो । नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ एन्फाका पदाधिकारीले त्रिभुवन विमानस्थलमा स्वागत गरेको थियो । विमानस्थलमा थुप्रै समर्थकहरुको समेत उपस्थिति रहेको थियो ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी भने आज फर्केका छैनन् । उनले केही दिनपछि मात्रै आफू नेपाल फर्कने-नफर्कने विषयमा निर्णय गर्ने बताएका छन् ।

नेपाल फाइनल खेलमा भारतसँग ३–० ले पराजित भएको थियो । साफमा उपविजेता भएको नेपालका लागि ऐतिहासिक जीत हो।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ