राष्ट्रिय खेलकुद परिषद्‌‌का सदस्यसचिव सिलवाल बर्खास्त

राष्ट्रिय खेलकुद परिषद्‌‌का सदस्यसचिव सिलवाल बर्खास्त

ramesh-silwal

काठमाण्डौ।  राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवाललाई सरकारले बर्खास्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राखेपका सदस्यसचिव सिलवाललाई बर्खास्त गर्ने निर्णय गरेको हो । देउवा सरकारले यसअघिको केपी ओली सरकारको पालामा नियुक्त भएका पदाधिकारीहरूलाई बर्खास्त गर्ने क्रममा सिलवाललाई आज बर्खास्त गरेको हो ।

गत वर्ष खेलकुद ऐन लागू भएपछि उनको पद निष्क्रिय हुँदा सिलवालले निवेदन हालेर फेरि सदस्य सचिव बन्न चाहेकोमा सफल भएका थिए।

सिलवालले सदस्यसचिव नियुक्ति भएको वर्ष १३औं दक्षिण एसियली खेलकुद आयोजना नेपालले गर्दा नेतृत्व लिएका थिए। तर, महालेखा परीक्षकको कार्यालयले दक्षिण एसियाली खेलकुद आयोजना गर्दा खेलकुद सामग्री खरिदमा ब्यापक भ्रष्टाचार भएको प्रतिवेदन सार्वजनिक गरेको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds