मित्र मिलन सहकारीको आठौं साधारणसभा

मित्र मिलन सहकारीको आठौं साधारणसभा

mitramilan banner (1)

पोखराका क्रियाशील पत्रकार कमल पौडेल ‘अथक’ मित्र मिलन पत्रकारिता पुरस्कार २०७८ बाट पुरस्कृत भएका छन् । पोखरा नयाँबजारमा प्रधान कार्यालय रहेको मित्र मिलन बचत तथा ऋण सहकारीले आफ्नो आठौं वार्षिक साधारणसभामा अथकलाई पुरस्कृत गरेको हो ।

राष्ट्रिय सहकारी बैंक लि.का पोखरा शाखा प्रमुख नरेश पाण्डे, सहकारीका अध्यक्ष रमण पौडेललगायतले पत्रकार अथकलाई नगद २५ हजार रुपैयाँ र सम्मानपत्रद्वारा सम्मान गरिएको हो ।

दुई दशकदेखि पोखरामा रहेर पत्रकारिता गर्दै आइरहेका अथक रेडियो सराङकोटमा स्टेशन इन्चार्जको रुपमा कार्यरत छन् । अथक नेपाल पत्रकार महासंघका राष्ट्रिय परिषद् सदस्य एवं समयदृष्टि अनलाइनका सम्पादक समेत हुन् ।

पत्रकार अथकले सम्मानले आफूलाई पत्रकारिता क्षेत्रमा सक्रिय हुन हौसला मिलेको बताए । आफूले सम्मानमात्र ग्रहण नगर्ने र पेशाको धर्म पनि निर्वाह गर्ने उनले बताए ।

उत्कृष्ट सदस्य, कर्मचारी लगायत पुरस्कृत

कार्यक्रममा पत्रकार अथकसँगै उत्कृष्ट कर्मचारी तर्फ अमृता मरासिनी र कसेरी सेवा केन्द्रका सुमित्रा वराल सम्मानित भएका छन् । उत्कृष्ट बचतकर्ता सीता कुमारी अधिकारी, राम बराल र लक्ष्मण बराल सम्मानित भएका छन् । उत्कृष्ट कर्जा सदस्यबाट देवेन्द्र बराल र केशवकुमार बस्नेत सम्मानित भएका छन् । त्यसैगरी सक्रिय सदस्य तर्फ कृष्णराज भण्डारी, टंकप्रसाद खनाल, मीना अधिकारी, माया अधिकारी सम्मानित भएकी छन् ।

मित्र मिलन उत्कृष्ट सहकारी : पाण्डे

साधारणसभा उद्घाटन गर्दै राष्ट्रिय सहकारी बैंक लि., पोखरा शाखा प्रमुख नरेश पाण्डेले मित्र मिलनले कोरोना महामारीको समयमा पनि उत्कृष्ट कारोबार गर्न सफल भई आफूलाई अब्बल सावित गरेको बताए ।

उनले सहकारी क्षेत्रमा धेरै समस्या रहेको भन्दै पछिल्लो समयमा सहकारीको महत्व बढ्दै गएको स्पष्ट पारे । सहकारीका शेयर सदस्यले बोनस मात्र लिन नहुने भन्दै उनले सबै कारोबार आफ्नै सहकारीमा गर्नुपर्ने र सहकारी कसरी चलेको छ भन्ने विषयमा ध्यान दिनुपर्नेमा जोड दिए । पाण्डेले सहकारीहरुले वित्तिय साक्षरतालाई जोड दिनु पर्ने वताए । उनले सदस्य र ग्राहक मैत्री कारोवार छुट्याएर काम गर्न आग्रह गरे । उनले नियमित वचत ६० देखि ७० प्रतिशत पुर्याउन सके सहकारी संस्था सफल रहेको मानिने वताए ।

सहकारी अभियानमा लागेका सहकारी नेताहरुले सहकारीलाई भरपर्दो, विश्वसनीय ढंगले सञ्चालनका लागि विशेष प्रकारले ध्यान दिनुपर्ने भन्दै पाण्डेले सहकारीलाई नेताले होईन नीतिले सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

विशेष अतिथि उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष कपीलनाथ कोइरालाले सहकारीले सामाजिक उत्तरदायित्वको क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए । कोइरालाले सहकारी संस्थाले सामाजिक अगुवा एवं विशुद्द श्रमजीवी पत्रकारलाई पुरस्कृत गरेकोमा गर्व लागेको वताए ।

आइसीएफसी फाइनान्सका गण्डकी प्रदेश प्रमुख अनुप केसीले सहकारी फाइनान्स र बैंकभन्दा कम नहुने भन्दै देशको अर्थतन्त्रमा सहकारीको भूमिका निकै महत्वपूर्ण रहेको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका सहसचिव तथा सहकारीका शेयर सदस्य श्रीराम सिग्देलले मित्र मिलन सहकारीले कृषिलाई महत्व दिएर ऐतिहासिक र गौरवमय काम गरेको बताए ।

सरकारीका निवर्तमान अध्यक्ष भरत भट्टराईले २५ जनाबाट शुरु भएको सहकारीले छोटो समयमा उच्च सफलता हासिल गरेको बताए ।

सहकारीका कार्यकारी प्रमुख किरण अधिकारीले संस्थाका गतिविधिबारे प्रकाश पारेका थिए । उनक अनुसार सहकारीमा १२ सय भन्दा बढी सदस्य छन् । सहकारीको तीन करोड ८६ लाख चुक्ता पुँजी रहेको उनले बताए ।

कार्यक्रममा सल्लाहकार संयोजक दीपकवहादुर अधिकारी, सल्लाहकार डण्डपाणि वराल, भोलानाथ अधिकारी, शेयर सदस्य सूर्यराज भण्डारी, सुमन पहारीले पनि बोलेका थिए ।

संस्थाका अध्यक्ष रमण पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष विजय लम्सालले स्वागत, सचिव कुशल पौडेलले सञ्चालन रसदस्य रनिता थापाले सात सिद्धान्त वाचन गरेकी थिइन् ।

हाल पोखराको नयाँ बजारमा मूख्य कार्यालय र कसेरीमा सेवा कार्यालय संञ्चालन गर्दैै आएको संस्थाले करिब ४० करोड बरावरको काराबवार गर्दै आएको छ । संस्थाले निकट भविश्यमा नै सेवा केन्द्र विस्तार गर्ने नीति लिएको अध्यक्ष रमण पौडेलले जानकारी दिएका छन् । संस्थामा हाल ११ सय शेयर सदस्य रहेको प्रमुख कार्यकारी अधिकृत किरण अधिकारीले जानकारी दिए ।

थप तस्वीरः

कार्तिक ७ गते शुभारम्भ भई १२ गतेसम्म चलेको सहकारीको वार्षिक कार्यक्रममा सुझाव संकलन समेत गरिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds