लक्ष्मीप्रसाद सापकोटा, पर्वत । पर्यटकीय गन्तव्यका रूपमा चिनिँदै आएको पर्वत सदरमुकाम कुश्मामा साहसिक पर्यटनमा रमाउनेहरूका लागि फेरि अर्को नयाँ खेल थपिएको छ ।
विश्वकै दोस्रो अग्लो बन्जी जम्प र सुपरम्यान शैलीको दोस्रो लामो जिपलाइन रहेको यहाँ अर्को साहसिक खेलका रूपमा ’विश्वकै सबैभन्दा अग्लो’ ‘हाइड्रोलिक स्विङ’ (पिङ) सञ्चालनमा ल्याइएको हो ।
द हार्नेस प्रालिले कालीगण्डकी नदीमा बन्जी जम्प र जिपलाइनको बीचमा पर्ने गरी पिङ पनि सञ्चालन गरेको हो । सुपरम्यान जिपलाइन १४ सय ८० मिटर लामोे छ ।
रु।८० लाखको लगानीमा पिङ निर्माण गरिएको कम्पनीका कार्यकारी निर्देशक सुनिलसिंह बानियाँले बताए । जमिन बलियो पार्नका फाउन्डेसनमा मात्र रु।५० लाख खर्च गरिएको छ । “हामीले रू १५ करोडको लगानीमा जिपलाइन निर्माण गरिरहेका छौँ । यसैको साथमा फेरि रु।८० लाखको लगानीमा हाइड्रोलिक स्विङ सञ्चालन ग¥यौँ । यसले पनि पर्वतको पर्यटनमा अर्को नयाँ आयाम थप्ला भन्ने लागेको छ,” उनले भने, “अब पर्वत साहसिक खेलको जिल्लाको रूपमा चिनिएको छ ।”
यस्तै खालका स्विङ यसअगाडि युनाइटेड स्टेट, चाइना र साउथ अफ्रिकामा बनेका भए पनि पर्वतमा सञ्चालित स्विङ भने विश्वकै सबैभन्दा अग्लो ५२ फिट उचाइको हुने उनको भनाइ थियो ।
नेपालमा अहिलेसम्म सञ्चालनमा रहेका पिङलाई हातले तान्ने वा घिर्नी र डोरीको सहायतामा तानेर छाड्ने खालको रहेकामा हाइड्रोलिक पिङमा भने डोरी र घिर्नी नभई विद्युतीय उपकरण प्रयोग गर्न लागिएको छ ।
उपकरण निश्चित गतिमा चल्ने भएकाले अरू डोरीको पिङजस्तो सुरुमा चर्को र विस्तारै गति कम हुँदै जाने हाइड्रोलिक पिङमा नहुने भएकाले निश्चित समयमा निश्चित पटक मात्रै मच्चिने र हरेक पटक पार गर्ने दूरी पनि बराबर नै हुने ‘द हार्नेस प्रालि’ का अध्यक्ष विदुर पौड्यालले बताए ।
“यो अटो अपरेटेड स्विङ हो, अरूमा जस्तो गति तलमाथि यसमा हुँदैन । एक मिनेटमा १२ पटक मच्चिने यो पिङ ९० डिग्री कोणसम्म सिधा हुन्छ,” उनले भने, यो स्विङमा चिनियाँ प्रविधि र सामाग्री प्रयोग गरिएको छ । नेपालमा यस्ता पिङ नबनेकाले पनि धेरै आन्तरिक तथा बाह्य पर्यटकलाई यसले लोभ्याउने आस गरेका छौँ ।”
निर्माण कम्पनीका अनुसार पिङमा एक पटकमा चारजनासम्म बसेर खेल्न मिल्ने छ । पिङ मच्चिएको अवस्थामा कालीगण्डकी किनारमा रहेको डरलाग्दो भीरमाथिको भागमा सिधा भएर बसेको अवस्थामा देख्न सकिन्छ ।
यो पिङ र जिपलाइनको परीक्षणसमेत सफल भएकाले केही दिनभित्रै दुवै साहसिक खेलको औपचारिक तथा व्यावसायिक सुरुवात गर्ने तयारीमा कम्पनी रहेको छ ।
पर्वतमा बढ्दै गएका साहसिक खेलले जिल्लामा पर्यटकको आकर्षण गरिरहेका बेलामा केही दिनमा नै यसलाई पनि व्यावसायिकरूपले सञ्चालनमा ल्याउन लागिएको ती सबैले झनै आकर्षण बढाउने कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले बताए ।
कुनै बेला बाटो हिँड्नसमेत डर लाग्ने र जति बेलै पनि बाँदरको मात्र बथान देखिने कालीगण्डकीको भीरमा बनेका साहसिक खेल तथा पर्यटकीय गन्तव्यले जिल्लाको आर्थिक, सांस्कृतिक तथा पर्यटकीय विकासमा महत्वपूर्ण टेवा पुग्ने उनको भनाइ थियो ।
“जिपलाइन, बन्जी र पिङ अन्यत्र पनि नभएका त कहाँ हुन् र ! तर यहाँको खेलमा छुटृै विशेषता छ, विश्वमै रेकर्ड राख्ने खालका खेल यहाँ खेलिने भएकाले विश्वको ध्यान नेपालमा र त्यसमा पनि पर्वतमा मोडिएको छ,” नगरप्रमुख जोशीले भने, “स्थानीय तहले नै लगानी गरेर बनाउन यति ठूलो रकम हामीसँग हुँदैन । यस्तै खालका अन्य पर्यटकीय सम्भावना खोजी गरी लगानीको वातावरण तयार पार्नु हाम्रो बाध्यता हो ।”
–
सम्बन्धित खबर
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’