चितवन । नेकपा (एमाले) को १० औँ राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदैछ ।
अध्यक्ष केपी शर्मा ओलीले मध्यान्ह १२ बजे महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । त्यसका लागि ओली हिजै चितवन पुगेका छन् भने अन्य एमाले नेताहरु पनि चितवन पुगेका छन् ।
नारायणगढ बजारसँग जोडिएको नारायणी नदी किनारमा उद्घाटन सत्र र सौराहामा बन्दसत्र हुनेछ । महाधिवेशनको उद्घाटन सत्रमा देशभरबाट झण्डै पाँच लाख नेता/कार्यकर्ता सहभागी हुने नेकपा एमालेले जानकारी दिएको छ ।
उद्घाटन पूर्व नवलपुरको गैँडाकोट र चितवनका विभन्न ठाउँ सहित ७ स्थानबाट जुलुसहरु निकाल्ने कार्यक्रम रहेको पनि जनाइएको छ ।
महाधिवेशनमा आउनेहरुको स्वागतका लागि जिल्लाका विभिन्न ५० ठाउँमा स्वागत गेट, २५ ठाउँमा ‘सेल्फी प्वाइन्ट’, व्यानर, पार्टीका झण्डा विभिन्न ठाउँमा राखेर चितवनलाई झकिझकाउ बनाइएको छ । महाधिवेशनमा भारत, बंगलादेश, श्रीलंका कम्बोडिया लगायतका देशबाट प्रतिनिधि सहभागी हुनेछन्। चिनियाँ कम्युनिष्ट पार्टीको भिडियो सन्देश आएको एमालेले जनाएको छ ।
बन्दसत्रमा दुई हजार १७५ प्रतिनिधि सहभागी हुँदैछन् । भूगोल, जनसंगठन विभाग, सम्पर्क कमिटी र प्रवासबाट र मनोनित १०६ जना गरी दुई हजार १ सय ७५ प्रतिनिधि सहभागी हुनेछन् । महाधिवेशनमा १०३ जना पर्यवेक्षक रहने छन् ।
एमालेका सल्लाहकार १५ जना र पाका पुराना नेता पर्यवेक्षक रहने छन् । कुल प्रतिनिधिमा ६२७ जना महिला र २०९ जना दलित रहेका छन् । महिला प्रतिनिधित्व ३० प्रतिशतभन्दा बढी र दलित प्रतिनिधित्व १० प्रतिशतभन्दा बढी भएको बताइएको छ । एमाले महाविधेशन प्रतिनिधिका लागि मंसिर १० गतेबाट मात्रै आवास व्यवस्थापन गरिएको छ ।
आज बेलुका मात्रै प्रतिनिधिलाई परिचयपत्र बाँडिने छ । मंसिर ११ गते बिहान ८.३० बजेबाट बन्दसत्र सुरु हुने कार्यक्रम तय गरिएको छ । बन्द सत्र भने पर्यटकीय नगरी सौराहाको होटल सेभेन स्टारमा हुनेछ ।
एमालेले महाधिवेशनमा प्यानल बनाए कारबाही गर्ने बताउदै पर्चा–पम्प्लेटमा पनि बन्देज लगाएको छ । मतदानका लागि एक सय वटा विद्युतीय मतदान मेसिन प्रयोग गरिने भएको छ । सुरक्षाका लागि प्रशासनले १५ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गर्दैछ ।
स्थानीय प्रशासनले भने बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सवारी साधन नचलाईदिन आग्रह गरेको छ । महाधिवेशनको बन्दसत्रको समाचार संकलन गर्ने पत्रकारहरुलाई सौराहकै रोयल सफारीमा मिडिया सेन्टरको स्थापना गरिएको छ । महाधिवेशनले २२५ सदस्यीय नेकपा एमालेको नयाँ कमिटी समेत गठन गर्नेछ ।
सम्बन्धित खबर
आज नयाँ प्रधानमन्त्रीको नियुक्ति र शपथ
प्रधानमन्त्री कार्कीको बिदाइ सम्बोधन: नयाँ सरकारलाई शुभकामना, देशको उज्यालो भविष्य देखिरहेको छु
आजै मन्त्रीकाे नाम टुंग्याउने तयारी, पार्टी कार्यालयबाट एउटै गाडीमा निस्किए रवि–बालेन
रविको प्रस्तावमा बालेन बने रास्वपा संसदीय दलको नेता, प्रधानमन्त्री बन्न बाटो खुल्यो
नयाँ सांसदहरूले लिए सपथ, ४७ जनाले लिए मातृभाषामा शपथ
रास्वपाले ल्याएको दुई तिहाइ जादुगरले हात हल्लाउँदा परेवा निकालेजस्तो: ओली
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष