पाेखराकाे लेखनाथमा बर्षेनी हुँदै आएको लेखनाथ महोत्सवको १७ औं संस्करणकाे मिति तय भएकाे छ । आयाेजक लेखनाथ उद्योग वाणिज्य संघले आगामी माघ १३ गतेबाट २४ गतेसम्म महाेत्सव आयाेजना गर्ने भएकाे हाे ।
संघको आईतबार बसेको बैठकले यस वर्ष आयोजना हुने महोत्सवको मिति तय गर्दै अध्यक्ष क्षत्रधर आत्रेयको अध्यक्षतामा मुल आयोजक समिति समेत गठन गरेको छ ।
‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने नाराका साथ आयोजना हुने महोत्सव गत वर्ष कोरोना महामारीका कारण स्थगित भएको थियो ।
समग्र गण्डकी प्रदेशको आर्थिक, समाजिक, कृषि र पर्यटनको विकासमा टेवा पु¥याउने उद्धेश्यले महोत्सव आयोजना गरिएको संघका अध्यक्ष आत्रेयले बताए ।
विश्वभर फैलिएको कोराना महामारीको प्रभाव नेपालमा कम भइसकेको अवस्थामा महामारीका कारण प्रभावित स्थानीय व्यवसायीहरुको पुनरुत्थानमा महोत्सवले सकारात्मक भूमिका खेल्ने महासचिव उपेन्द्रराज सुवेदी (राजु) ले बताए ।
संघका अनुसार महोत्सवमा स्थानीय उत्पादन, कृषि प्रदर्शनी, शैक्षिक प्रदर्शनी, सूचना प्रविधि प्रदर्शनी, हस्तकला, मेसिनरी, कर्पोरेट, अटो, जनरल, फेन्सी, गार्मेन्ट, डेरी, खानालगायतको प्रदर्शनी गरिनेछ ।
त्यस्तै, ख्यातीप्राप्त कलाकारहरुको दोहोरी, पप कन्सर्ट, हाँस्य प्रहसन रहनेछ । महोत्सवमा बल उद्यान, खाना महोत्सव र सुन्तला प्रदर्शनी विशेष आकर्षणको रुपमा रहने आयाेजकले जनाएकाे छ ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’