म्याग्दी सदरमुकाम बेनीबाट रघुगंगा गाउँपालिका – १ बेग जाँदै गरेको बोलेरो जीप बेगस्थित घात्पा (औल) मा दुर्घटना हुदाँ चार जनाको मृत्यु भएको छ।
निलगिरी यातायात प्रालिको ग १ ज ७२५१ नम्वरको बोलेरो जीप दुर्घटना हुदाँ सवार ८ जनामध्ये चालक र महिला वडासदस्यसहित ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा परेर अन्दाजी ४० बर्षिय चालक दुधबहादुर थापा, रघुगंगा १ वेगकी वडा सदस्य ३० बर्षिय गौमाया विक, ३० बर्षिय खिम पुन र अन्दाजी ५० बर्षिय खिमनाथ शर्माको बेनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक श्यामकुमार राईले बताए ।
दुर्घटनामा घाईते भएका ४ जनालाई बेनी अस्पतालबाट थप उपचारका लागि पोखरास्थित मणिपाल अस्पतालमा रिफर गरिएको छ । रिफर हुनेमा गम्भिर घाईते २० बर्षिय भिम फगामी, २३ बर्षिय मनोज पुन, २३ बर्षिय ज्ञानबहादुर शेरपुञ्जा र ५४ बर्षिय बलबहादुर विक रहेकाे बेनी अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिएका छन् ।
मृतक र घाईते रघुगंगा गाउँपालिका १ बेगका बासिन्दा हुन् । बोेलरो जीप सडकबाट करिब दुई सय मिटर तल जंगलमा खसेको थियो । घाईतेलाई स्थानीयबासी, जनप्रतिनिधिले उद्धार गरी थप उपचारका लागि बेनी ल्याएका थिए ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर