पोखरा । नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशमा रामचन्द्र पौडेल पक्षले वर्चश्व जमाएकाे छ । यहाँ पदाधिकारीका अधिकांश पदमा संस्थापन इतरका नेताहरु विजयी भए । गण्डकीको पदाधिकारीमा देउवा पक्षबाट उपसभापतिमा मेखलाल श्रेष्ठ मात्रै विजयी भए ।
शर्माले ६ सय १२ मत पाउँदा अर्जुन जोशीको ५ सय २८ मात्रै मत आयो । शर्माले ८४ मतान्तरले जिते । उपसभापतिमा दुइटै स्याङ्जाका उम्मेद्वार विजयी भए ।
संस्थापन पक्षबाट मेखलाल श्रेष्ठ र संस्थापन इतरबाट कल्पना तिवारी विजयी भए । संस्थापन पक्षकै नेत्र महत र संस्थापन इतरका हरिप्रसाद श्रेष्ठ पराजित भए । कल्पनाको ६ सय २४ र श्रेष्ठको ५ सय ५६ मत आएको छ ।
महामन्त्रीमा किरणबाबु श्रेष्ठले ५ सय ७३ मत सहित सबैभन्दा अगाडी हुँदा नवलपुरका विष्णु लामिछाने निकटमै रहेर विजयी भए । विष्णुले ५ सय ६७ मत पाए । संस्थापन पक्षका कुमार खड्काको ५ सय ५६ र इश्वर पाण्डेको ४ सय ५८ मत आयो ।
सहमहामन्त्री तर्फ महिलामा कोपीला रानाभाटले ५ सय ५२ मत सहित विजयी हुँदा निकटतम प्रतिश्पर्धी ओमकला गौतमको ५ सय १४ मत मात्रै छ । सहमहामन्त्रीकै खुलामा रमेश पाण्डे ६ सय १८ मत र दोश्रोमा रामचन्द्र जोशी ५ सय ६९ मत सहित विजयी भए भने निकटतम प्रतिश्पर्धी झुलबहादुर आलेले ४ सय ८८ र राजनराज पन्तले ४ सय ३१ मत पाएका छन् । स्वतन्त्र रुपमा उम्मेद्वारी दिएका युवराज बस्ताकोटीको ९२ मत आयो । सदस्यहरुमा पनि पौडेल पक्षकै उम्मेद्वार अगाडि छन् ।
सम्बन्धित खबर
निर्वाचन र होलीलाई शान्तिपूर्ण बनाउन स्याङजामा प्रशासनको अपिल
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
स्याङ्जामा चुनावी ‘ड्राइ डे’ लागू, नतिजा नआएसम्म मदिरा बिक्रीवितरण तथा सेवनमा अस्थायी रोक
गोरखामा जिप दुर्घटना हुँदा चालकको मृत्यु
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस