काठमाडौँ । पूर्व मन्त्री हृदयेश त्रिपाठीले पनि नयाँ पार्टी घोषणा गर्ने भएका छन् ।
त्रिपाठीले मंसिर २८ गते जनता प्रगतिशील पार्टी नेपाल घोषणा गर्ने तयारी गरेका बुझिएको छ ।
तत्कालका लागि आफ्नो संयोजकत्वमा पार्टी घोषणा गर्ने र अन्य पदाधिकारीहरु पछि थप्दै जाने त्रिपाठीले बताएका छन् ।
हाल त्रिपाठीको समूहमा एक प्रतिनिधिसभा सदस्य, दुईजना प्रदेशसभा सदस्य तथा ईश्वरदयाल मिश्र, पशुपतिदयाल मिश्रलगायत छन्।
उनीहरूलाई समेटेर उनले पहिल्यै स्वतन्त्र राजनीतिक समूह गठन गरेका छन्। स्वतन्त्र राजनीतिक समूहको सम्पर्क कार्यालयसमेत खोलिएको छ। यसको कार्यालय बानेश्वर थापा गाउँमा राखिएको छ। त्रिपाठीलाई प्रतिनिधिसभा सदस्य ब्रिजेश गुप्ता तथा प्रदेशसभा सदस्य धर्म श्रीवास्तव र अजय शाहीले साथ दिएका छन्। यो समूहका नेताहरूले २०७४ सालको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा सूर्य चिह्न लिएर उम्मेदवारी दिएका थिए।
ओली सरकारमा मन्त्री हुनुअघि त्रिपाठीले काठमाडौँमा स्वतन्त्र राजनीतिक समूहको भेला गरेका थिए । त्यसबेला उनले आफू पार्टी खोल्ने तयारीमा लागेको घोषणा गरेका थिए। नयाँ पार्टी खोल्ने या नेपाल कम्युनिस्ट पार्टीसँग आफ्नो समूहलाई एकीकरण गर्ने घोषणा त्यसबेला उनले गरेका थिए। भेला गरेको केही दिनपछि नै उनी ओली सरकारमा संघीय मामिलामन्त्री भए । मन्त्रिमण्डल पुनर्गठनपछि उनी स्वास्थ्यमन्त्री भएका हुन्।
सम्बन्धित खबर
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त
प्रतिनिधि सभा निर्वाचन: शनिबारदेखि समानुपातिकको प्रक्रिया सुरु, प्रत्यक्षको मनोनयन माघ ६ मा
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’