माओवादी केन्द्रको आठौँ महाधिवेशन आजदेखि

माओवादी केन्द्रको आठौँ महाधिवेशन आजदेखि

maobadi

काठमाडौँ । नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ ।

दिउँसो १ बजे काठमाडौँ कमलादीमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा महाधिवेशनको उद्घाटन हुनेछ ।

नेकपा माओवादी केन्द्रको प्रथम राष्ट्रिय सम्मेलन महाधिवेशनमा परिणत भएको हो ।

हिजो बसेको पार्टी स्थायी कमिटी बैठकले वडा तहदेखि नै माओवादी केन्द्रले सबै प्रक्रिया गरेको र गर्नै पर्ने संवैधानिक व्यवस्थाका कारण यसलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको माओवादीले जनाएको छ ।

स्थायी समत बैठकको निर्णयलाई अनुमोदन गर्न माओवादी केन्द्रले आज केन्द्रीय समितिको बैठक बोलाएको छ ।

बैठक अहिले बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय समितिको बैठक बस्ने प्रवक्ता बताइएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds