पोखरा उपत्यकासहित देशका अधिकांश स्थानमा गए रातीदेखि वर्षा भइरहको छ । केही दिन यता मौसममा बदली आएकोमा गए रातीदेखि वर्षा हुन थालेको हो ।
आज देशैभर सामान्य देखि पूर्ण बदली रहेको र धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भईरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । वर्षासंगै उच्च पहाडी तथा हिमाली भेगमा हिमपात शुरु भएको छ ।
काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा पनि आज बिहानैबाट वर्षा भइरहेको छ । उपत्यकाका अग्ला पहाडहरु फूल्चोकी र चन्द्रागिरीमा हिमपात भएको छ ।
वर्षा र हिमपातले देशैभर तापक्रम ह्वात्तै घटेको छ भने जाडो बढ्दा जनजीवन कष्टकर बनेको छ । वर्षाका कारण हवाई यातायात पनि प्रभावित भएको छ । मौसमविद्हरुले उच्च पहाडी तथा हिमाली क्षेत्रको जनजीवनमा प्रतिकूल प्रभाव पर्नसक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । विशेषगरी पर्वतारोहणमा गएकाहरुले सतर्क बन्नुपर्ने सुझाव दिइएको छ ।
कर्णालीको हिमाली र उच्च पहाडी क्षेत्रमा गएरातिदेखि हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ । उपल्लो डोल्पा, मध्य डोल्पाका साथै जाजरकोटको बारेकोट र रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको माथिल्लो क्षेत्रमा हिउँ परिरहेको छ ।
सम्बन्धित खबर
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’
प्रतिभा माविमा बिजनेस प्लानसम्बन्धी प्रस्तुती
पोखरा जेसीजको अध्यक्षमा सुमन पहारी विजयी
न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
पोखरामा मधुमेह दिवस मनाइयो
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’