भारतको नयाँ दिल्लीमा हप्ताको २ दिन कर्फ्यू

भारतको नयाँ दिल्लीमा हप्ताको २ दिन कर्फ्यू

delhi_assembly_elections

काठमाडौँ । भारतको नयाँ दिल्लीमा साताको २ दिन शनिबार र आइतबार कर्फ्यू लगाईएको छ । कोभिड संक्रमण बढेपछि दिल्ली सरकारले शनिबार र आइतबार कर्फ्यू लगाउने निर्णय गरेको हो ।

शनिबार र आइतबार हुने छुट्टीका दिन बजार, सार्वजनिक स्थल, रेस्टुराँ र पार्क लगायत स्थानमा भीडभाड बढ्ने भएकाले कोरोनाको फैलावट रोक्न कर्फ्यू लगाइने भएको बताइएको छ ।

यतिबेला दिल्लीमा सक्रिय संक्रमितको संख्या १५ हजार हाराहारी पुगेको छ । २९ डिसेम्बरबाट दिल्ली सरकारले रात्रिकालीन कर्फ्यू लगाएको छ ।

सरकारी कार्यालयहरू पनि अत्यावश्यक बाहेकलाई ‘वर्क फ्रम होम’ लागू गरिएको छ । निजी क्षेत्रका ५० प्रतिशतलाई कार्यालयमा र ५० प्रतिशतलाई ‘वर्क फर्म होम’को व्यवस्थाबाट सञ्चालन गर्न भनिएको छ ।

यसैबीच कोभिड सक्रमणको जोखिम कायमै रहेकाले सार्वजनिक यातायातमा यात्रा गर्दा मास्कविना यात्रा गर्न नपाइने नियमलाई कडाइका साथ लागू गरिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds