काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा निर्वाचनमा हार स्वीकार गरिसकेको बताएका छन् ।
पार्टीको काठमाडौँ महानगर कमिटीले आज शुक्रबार आयोजना गरेको कार्यक्रममा उनले ओली घमण्डी भए पनि राष्ट्रियसभा निर्वाचमा हार स्वीकार गरेको टिप्पणी गरेका हुन् ।
एमाले अध्यक्ष ओलीले आज पार्टीको जिल्ला अधिवेशन उद्घाटनका क्रममा ‘राष्ट्रिय सभा चुनावका परिणाम आफ्नो पार्टीका लागि प्रतिकूल आउन सक्ने’ बताएका थिए । सोही भनाइलाई उधृत गर्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने, ‘आज तपाईंहरुले सुन्नुभएको होला–केपी ओलीको एउटा भाषण । त्यो भाषणमा अब राष्ट्रियसभाको चुनावमा हाम्रो पराजय निश्चित छ भनेर स्वीकार गरिएको छ । ‘तर कसरी स्वीकार गरे होला? त्यो दम्भी स्वभावले त दिँदैन ।’
ओलीले देशभर एकसाथ जिल्ला अधिवेशन उद्घाटन गरेर नयाँ नेतृत्व स्थापित हुन नदिएको आरोप समेत लगाए ।
‘७७ जिल्लामा एकैचोटी जिल्ला अधिवेशन उद्घाटन गर्ने । देशैभररि एकैचोटी । यसले के हुन्छ, थाहा छ ? नयाँ नेतृत्व स्थापित हुँदैन । जिल्लाजिल्लामा जिम्मा दिएको भए, त्यहाँ नेतृत्व जाने थियो । सम्बोधन गर्ने थियो । कार्यकर्ता भेला गर्ने थियो । कार्यकर्तालाई परिचालित गर्ने थिए । सबैले विषयबस्तुहरु प्रस्तुत गर्ने थिए । अनि नेतृत्व स्थापित पनि हुने थियो’ उनले भने, ‘तर त्यसो गर्ने पद्धति नै त्यो समूहमा छैन ।’
सम्बन्धित खबर
प्रधानमन्त्री कार्कीको बिदाइ सम्बोधन: नयाँ सरकारलाई शुभकामना, देशको उज्यालो भविष्य देखिरहेको छु
आजै मन्त्रीकाे नाम टुंग्याउने तयारी, पार्टी कार्यालयबाट एउटै गाडीमा निस्किए रवि–बालेन
रविको प्रस्तावमा बालेन बने रास्वपा संसदीय दलको नेता, प्रधानमन्त्री बन्न बाटो खुल्यो
नयाँ सांसदहरूले लिए सपथ, ४७ जनाले लिए मातृभाषामा शपथ
रास्वपाले ल्याएको दुई तिहाइ जादुगरले हात हल्लाउँदा परेवा निकालेजस्तो: ओली
सार्वजनिक नगर्दै बाहिरियो जेन-जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन [पूर्णपाठ]
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने