काठमाण्डाै– प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गरेका छन् । सरकार गठन भएको ६ महिना पुगेको अवसरमा उनले राष्ट्रका नाममा सम्बोधन गरेका हुन् ।
प्रधानमन्त्री देउवाले सबै नागरिकमा कोरोनाविरुद्धको खोप निःशुल्क रुपमा उपलब्ध गराउने अभियान निरन्तर रहेको र नागरिकको स्वास्थ्य सुरक्षामा सरकार गम्भीर रहेको बताए । खोप अभियानका लागि तीन तहका सरकार संघ, प्रदेश र पालिकासहित मातहतका निकायले आवश्यक समन्वय गरिरहेको उनको भनाइ छ ।
यस्तै, उनले कोभिड–१९ महामारी नियन्त्रणमा कुनै पनि साधन तथा श्रोतको अभाव हुन नदिन सबैखाले संयन्त्रलाई चुस्त दुरुस्त बनाइएको दाबी गरे । उनले विपदमा परेका नागरिकको उद्धार सरकारको उच्च प्राथमिकतामा रहेको र पीडितलाई राहत र क्षतिपूर्ति प्रदान गरिएको समेत बताए ।
गएको कात्तिकमा बेमौसमी वर्षाका कारण कृषिमा भएको क्षतिको क्षतिपूर्ति प्रदान गर्ने काम अघि बढेको उनको भनाइ छ । साथै, प्रधानमन्त्री देउवाले किसानलाई मल/बीउको कमी हुन नदिन सरकारले हरसम्भव प्रयत्न गरिरहेको दाबी समेत गरे । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सरकारको ६ महिने कार्यकालको बचाउ गरेका छन्।
शुक्रबार देशवासीका नाममा सम्बोधनका क्रममा उनले आगामी वर्ष तीनै तहको निर्वाचन सक्ने पनि बताएका छन्। उनले सम्बोधनका क्रममा देशका हरेक आर्थिक सूचक सकारात्मक रहेको बताउँदै आगामी वर्ष उच्च आर्थिक वृद्धि हुने पनि जिकिर गरे।
त्यस्तै, देउवाले यही वर्षभित्र मेलम्ची खानेपानी आयोजना पुन:स्थापना गरेर काठमाडौंबासीलाई खानेपानी उपलब्ध गराउने पनि वाचा गरे। त्यस्तै, उनले आफ्नो सरकारको पालामा देशले विकासको गति लिएको बताउँदै संसदमा देखिएको अवरोध हटाएर अघि बढ्ने पनि प्रतिवद्धता जनाएका छन्।
सम्बोधनको पूर्ण पाठ:
[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”90711″ /]
सम्बन्धित खबर
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त
प्रतिनिधि सभा निर्वाचन: शनिबारदेखि समानुपातिकको प्रक्रिया सुरु, प्रत्यक्षको मनोनयन माघ ६ मा
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’