काठमाण्डाै– प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गरेका छन् । सरकार गठन भएको ६ महिना पुगेको अवसरमा उनले राष्ट्रका नाममा सम्बोधन गरेका हुन् ।
प्रधानमन्त्री देउवाले सबै नागरिकमा कोरोनाविरुद्धको खोप निःशुल्क रुपमा उपलब्ध गराउने अभियान निरन्तर रहेको र नागरिकको स्वास्थ्य सुरक्षामा सरकार गम्भीर रहेको बताए । खोप अभियानका लागि तीन तहका सरकार संघ, प्रदेश र पालिकासहित मातहतका निकायले आवश्यक समन्वय गरिरहेको उनको भनाइ छ ।
यस्तै, उनले कोभिड–१९ महामारी नियन्त्रणमा कुनै पनि साधन तथा श्रोतको अभाव हुन नदिन सबैखाले संयन्त्रलाई चुस्त दुरुस्त बनाइएको दाबी गरे । उनले विपदमा परेका नागरिकको उद्धार सरकारको उच्च प्राथमिकतामा रहेको र पीडितलाई राहत र क्षतिपूर्ति प्रदान गरिएको समेत बताए ।
गएको कात्तिकमा बेमौसमी वर्षाका कारण कृषिमा भएको क्षतिको क्षतिपूर्ति प्रदान गर्ने काम अघि बढेको उनको भनाइ छ । साथै, प्रधानमन्त्री देउवाले किसानलाई मल/बीउको कमी हुन नदिन सरकारले हरसम्भव प्रयत्न गरिरहेको दाबी समेत गरे । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सरकारको ६ महिने कार्यकालको बचाउ गरेका छन्।
शुक्रबार देशवासीका नाममा सम्बोधनका क्रममा उनले आगामी वर्ष तीनै तहको निर्वाचन सक्ने पनि बताएका छन्। उनले सम्बोधनका क्रममा देशका हरेक आर्थिक सूचक सकारात्मक रहेको बताउँदै आगामी वर्ष उच्च आर्थिक वृद्धि हुने पनि जिकिर गरे।
त्यस्तै, देउवाले यही वर्षभित्र मेलम्ची खानेपानी आयोजना पुन:स्थापना गरेर काठमाडौंबासीलाई खानेपानी उपलब्ध गराउने पनि वाचा गरे। त्यस्तै, उनले आफ्नो सरकारको पालामा देशले विकासको गति लिएको बताउँदै संसदमा देखिएको अवरोध हटाएर अघि बढ्ने पनि प्रतिवद्धता जनाएका छन्।
सम्बोधनको पूर्ण पाठ:
[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”90711″ /]
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु