सरकारले कोभिडविरुद्धको तेस्रो मात्रा अथवा बुस्टर डोज खोप मिसावट गरेर दिने निर्णय गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिवार कल्याण महाशाखाले शुक्रबार ७७ वटै जिल्लालाई तेस्रो डोज खोप स्वरुप एस्ट्राजेनेका वा कोभिसिल्ड लगाउन निर्देशन दिएको हो ।
६० वर्षमाथिकालाई बुस्टर डोज प्रदान गर्दा पहिलो वा दोस्रो मात्रा कोभिसिल्ड, एस्ट्राजेनेका, मोर्डना, फाइजर वा भेरोसेल जे भए पनि तेस्रो मात्रा कोभिसिल्ड या एस्ट्राजेनेका दिन महाशाखाले निर्देशन दिएको छ ।
विश्व स्वास्थ्य संगठनको खोप विज्ञहरुको टोली र खोप सल्लाहकार समितिको माघ १२ गतेको सिफारिस अनुसार माघ १४ गते मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै बुस्टर डोज मिसावट गरेर लगाउन भनेको महाशाखाले जनाएको छ ।
यस्तै पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा लगाउन सो खोप नभएमा एस्ट्राजेनेका र कोभिसिल्ड नै लगाउन पनि महाशाखाले निर्देशन दिएको छ ।
यसैगरी, विदेशमा पहिलो मात्रा कोभिसल्ड, एस्ट्राजेनेका, भेरोसेल, मोर्डना, फाइजर खोप लगाएकाहरुलाई दोस्रो मात्रा स्वरुप पनि एस्ट्राजेनेका वा कोभिसिल्ड नै लगाउनसमेत महाशाखाले दिर्नेशन दिएको छ ।

सम्बन्धित खबर
प्रधानमन्त्री कार्कीसँग ओलीले भनेः बाह्य षड्यन्त्रलाई वैधानिकता दिने गरी सरकारले काम गर्नु हुँदैन
प्रधानमन्त्री कार्कीको प्रस्टोक्ति: ढुक्क हुनुस्, २१ फागुनको चुनाव एकै चरणमा हुन्छ
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, मृतकको सङ्ख्या १३ पुग्यो
जनताको साथ रहेसम्म एमालेलाई कसैले हराउन सक्दैन: ओली
रौतहटमा रास्वपा उम्मेदवार सवार गाडीको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु, उम्मेदवार र चालक फरार
दल र उम्मेदवारले २५ हजारभन्दा बढी नगद सहयोग लिन नपाइने, पुराना खाताको रकम नयाँमा सार्नुपर्ने
यो पनि पढौँ
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनलाई निर्वाचन आयोगले सोध्यो दोस्रोपटक स्पष्टीकरण
रौतहटमा रास्वपा उम्मेदवार सवार गाडीको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु, उम्मेदवार र चालक फरार
‘आत्मनिर्भर र समुन्नत प्रदेशः सुखी प्रदेशबासी’ को संकल्प पूरा गर्नुछः प्रदेश प्रमुख