१६ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०७८ को तयारी पूरा भएको छ । भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुने प्रतियोगिताको तयारी पूरा भएको आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
फागुन ७ गते हुने खुल्ला ४२.१९५ किमि म्याराथन प्र्रतियोगितामा १६२ जनाले प्रतिस्पर्धा गनेछन् । मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीका अनुसार म्याराथनमा भारत, केन्या, फ्रान्स, यूके, ओमन, आयरल्याण्ड, अमेरिकाका गरी १४ जना धावकहरुसहित नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरीबल लगायत नेपालका १७ जिल्लाहरुबाट गरी म्याराथनतर्फ १६२ जनाले प्रतिप्पर्धा गर्दैछन् ।
प्रतियोगिताका विजेताले ४ लाख पाउनेछन् भने उपविजेताले २ लाख, तेश्रोले १ लाख र चौंथो हुनेले ३० हजार पुरस्कार प्राप्त गर्नेछन् । म्याराथन विजेताले बेलायतको म्याराथनमा सहभागिता जनाउन पाउने छन् ।
त्यस्तै, महिला हाफ म्याराथनमा ३९ गरी कुल २०१ धावक खेलाडीहरुको सहभागिता रहने आयोजकले जनाएको छ । हाफ म्याराथनको विजेताले १ लाख, उपविजेताले ७५ हजार, तेस्रो हुनेले ५० हजार र चौथो हुनेले १५ हजार प्राप्त गर्नेछन् ।
पोखरा म्याराथन अन्र्तगत सञ्चालन हुने १० किमि पुरुष तथा महिला, ५ किमि छात्र÷छात्र, ह्विल चियर तथा दृष्टिविहिन दौड प्रतियोगिता आउँदो चैत १२ गते आयोजना हुने भएको छ ।
कोरोना भाइरस संक्रमणका कारण गत वर्षदेखि दुई चरणमा आयोजना गरिएको हो । आगामी तीन वर्षमा पोखरा म्याराथनलाई म्याराथनहरुको अन्तर्राष्ट्रिय छाता संस्था एम्समा दर्ता गराउने योजनासंगै पुरस्कारको राशी १० लाख पु¥याउने लक्ष्यका साथ अगाडि बढेको अध्यक्ष पराजुलीले बताए । पोखरा म्याराथनको कूल खर्च ९३ लाख र आम्दानी १ करोड ५ लाख हुने अनुमान गरेको अयोजनकले जनाएको छ ।
पोखरेली मञ्च यूकेको ५ लाख सहयोग
पोखरा म्याराथनलाई सफल बनाउन पोखरेली मञ्च यूकेले आर्थिक सहयोग प्रदान गरेको छ । म्याराथनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पोखरेली मञ्च यूकेका अध्यक्ष मनप्रसाद गुरुङले भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीलाई ५ लाख रुपैयाँ हस्तान्तरण गरे । यूकेमा रहेका नेपालीहरुबाट पोखरा म्याराथनलाई सहयोगका लागि रकम संकलन गरी पठाएका हुन् ।
बेलायतमा रहेका युवा पुस्ताहरुलाई खेलकुदमार्फत् जोड्न प्रत्येक वर्ष नेपाल रन आयोजना गर्ने पनि गुरुङले बताए । यस नेपाल रनलाई पोखरा म्याराथनसँग जोड्ने गरी अघि बढ्ने उनले सुनाए ।
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने