काठमाडौं : नेपाली महिला फुटबल टिमकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले आफ्नो घुँडामा लागेको चोटको उपचार गर्न सहयोग माग्दै सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन्।
न्यूजिल्यान्डको वेलिंगटन फिनिक्समा अनुबन्ध भई अस्ट्रेलियन लिग खेल्दा साम्बा घाइते भएकी थिइन्। उनलाई एन्फाले ५ लाखभन्दा बढी सहयोग गर्न नसक्ने प्रतिक्रिया दिएपछि उनले सामाजिक सञ्जालमा सहयोगको अपिल गरेकी हुन्।
नेपालकी सर्वाधिक गोलकर्ता रहेकी स्ट्राइकर साम्बा उपचारका लागि सामाजिक सञ्जालको सहयोग लिन बाध्य भएकी छिन्।
उनले कतारको अस्पेटारमा उपचार गराउन करिब ८० हजार डलर खर्च हुने भन्दै आफ्नो उपचारमा सहयोग गर्न अपिल गरेकी हुन्।
उनले लेखेकी छिन्, ‘करिअरको यो सबैभन्दा कठिन लडाइँ भएको छ। मैले यो अवस्था आउला भन्ने सोचेको पनि थिइन।’ यसअघि पनि सावित्राको घुँडाको अप्रेसन कतारको अस्पेटारमा नै भएकाले उनले सोही अस्पतालमा उपचार गर्न खोजेकी हुन्। उनलाई अनुबन्धित क्लबले बिमा रकम दिँदा पनि रकम अपुग हुँदा एन्फालाई गुहार लगाएकी थिइन्।
अभिभावकीय संस्था एन्फाले क्लबको लागि खेल्दा चोट लागेको भन्ने तर्क सुन्दा आफू निराश रहेको बताइन्। राष्ट्रिय टोलीको कप्तान सावित्राले भनिन्, ‘मैलै फ्रान्स, इजरायल होस् या न्यूजिल्यान्ड र अष्ट्रेलिया जहाँ भएपनि व्यक्तिगतभन्दा राष्ट्रको पहिचान बोकेर खेलें। आजसम्म देशको लागि शतप्रतिशत दिएको छु र आउने दिनमा पनि देशको लागि खेल्न तत्पर छु।’ उनी आफू छिटो ठीक भइ मैदान फर्कन सबैको सहयोग चाहिएको भन्दै लामो पोस्ट सार्वजनिक गरेकी छिन्।
सम्बन्धित खबर
फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
पिसिएम कप प्लस टु फुटसलको उपाधि तालपारी टीमले जित्यो
गण्डकी फायरलाई प्रथम चापाकोट क्रिकेट लिगको उपाधि
चापाकोट क्रिकेट लिगको उपाधिका लागि आज गण्डकी फायर र साँखर वरियर भिड्दै
१० औं पोखरा स्पोर्टस् अवार्ड: प्रदीप र नारायणी वर्ष खेलाडी घोषित
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु