स्याङ्जाको पुतलीबजार नगरपालिकामा वडा स्तरीय ‘मेयर कप पुरुष/महिला भलिबल प्रतियोगिता’ आयोजना हुने भएको छ ।
प्रतियोगिता आगामी चैत ५ गतेदेखि ८ गतेसम्म मालेबगरस्थित कभर्डहल खेलमैदानमा सञ्चालन हुने पुतलीबजार नगर खेलकुद विकास समितिका अध्यक्ष याम प्रसाद गुरुङले जानकारी दिए ।
खेलहरू जिल्ला भलिबल संघ स्याङ्जाको प्राविधिक सहयोगमा नेपाल भलिबल संघको नियमअनुसार सञ्चालन गरिने जनाइएको छ । खेल तालिका चैत ४ गते नगरपालिकाको सभाहलमा प्रशिक्षक वा टोली कप्तानको उपस्थितिमा सार्वजनिक गरिने नगर खेलकुद विकास समितिले जनाएको छ ।
सहभागी टोलीका खेलाडी सम्बन्धित वडामै स्थायी बसोबास गर्ने हुनुपर्ने र टोली दर्ताका बेला नागरिकताको प्रतिलिपी अनिवार्य पेश गर्नुपर्ने व्यवस्था गरिएको छ । साथै टोली विवरण सम्बन्धित वडा अध्यक्षबाट प्रमाणित हुनुपर्ने बताइएको छ । खेलाडीको जर्सी र मोजाको रङ तथा बनावटमा एकरूपता हुनुपर्ने नियम पनि राखिएको छ ।
प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने टोलीले एक लाख रुपैयाँ, द्वितीयले ६० हजार र तृतीयले ४० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, महिलातर्फ प्रथमलाई ५० हजार, द्वितीयलाई ३० हजार र तृतीयलाई २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
फाइनल खेलमा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, ब्लकर, सेटर र डिफेन्डरलाई समेत ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी टोलीको दर्ता शुल्क निःशुल्क राखिएको छ ।
सम्बन्धित खबर
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?