पोखरा । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य देवी सुवेदी र संविधान सभा सदस्य डिबी नेपालीसहित ४ सय जना नेता कार्यकर्ता नेकपा एमाले प्रवेश गर्ने भएका छन् । जसपाका ९ जना केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी तथा सदस्य १३ जना, जिल्ला सदस्य १२ जना, भातृसंगठनका अध्यक्ष ३ जना र अरु पार्टी सदस्यहरु गरी ४ सयजना मंगलबार एमाले प्रवेश गरेका छन् ।
उनीहरुलाई नेकपा एमाले अध्यक्ष केपी ओलीले पार्टी प्रवेश गराएका हुन् । सिर्जनाचोकको साइमन पार्टी प्यालेसमा बिहान १० गते पार्टी प्रवेश कार्यक्रम भएको थियो । सुवेदी र नेपालीसहित संविधान सभा सदस्य कशिम अलि सिद्धिकी, जसपा केन्द्रीय सदस्यसमेत रहेका समाजवादी दलित मुक्ति महासंघका अध्यक्ष रामबहादुर नेपाली, पार्टीको केन्द्रीय सदस्य विष्णुजंग बस्नेत, मनकुमारी बुढा, राजन कार्की तथा पार्वती जिसी, तारा नेपाली, गोपेन्द्रकेशरी न्यौपाने, चन्दा विश्वकर्मा, पर्वतका जिल्ला अध्यक्ष नवीन पुन लगायत एमाले प्रवेश गरेका हुन् ।
‘सुखी नेपाली समृद्धि नेपाल बनाउन एमालेको विकल्प देखिएन,’ देवी सुवेदीले भने, ‘राष्ट्रियताको रक्षा गर्न पनि एमाले नै अघि देखियो ।’ उनले सबल र सक्षम नेतृत्व केपी ओलीमा मात्रै देखिएकाले एमालेमा प्रवेश गरेको उनले बताए । एमालेमा प्रवेश गर्ने अभियान आफूहरुले पोखरामा मात्रै नभई देशैभरि चलाइराखिएको सुवेदीले सुनाए ।
गत साता जसपाका गण्डकी ईञ्चार्ज गणेशमान गुरुङसहित विभिन्न पार्टीका गरी एक हजार बढी एमालेमा प्रवेश गरेका थिए ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ