‘सहमतिको सन्देश लिएर काठमाडौं फर्कन्छौँ’

‘सहमतिको सन्देश लिएर काठमाडौं फर्कन्छौँ’

Samyojak Ganesh Pandey

नेकपा एमाले निकट पत्रकारहरूको संस्था प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाधिवेशन २७ र २८ फागुनमा पोखरामा हुँदैछ । पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने महाधिवेशनको तयारी पूरा भएको छ । कास्कीमै सचिवालय स्थापना गरेर चौतारीकर्मीहरु तयारीमा जुटेका छन् ।

मूल व्यवस्थापन समिति संयोजक एवं प्रेस चौतारी नेपालका उपाध्यक्ष गणेश पाण्डे महाधिवेशनको तयारीका क्रममा पोखरामै खटिएका छन् । प्रस्तुत छ संयोजक पाण्डेसँग महाधिवेशनमा केन्द्रित भएर गरिएको कुराकानीः

प्रेस चौतारीको महाधिवेशन भोलिदेखि हुँदैछ । तयारी सकियो ?

माघको तेस्रो साता नै सम्पन्न भइसक्नुपर्ने महाधिवेशन कोभिड महामारीको कारण एक महिना पछि धकेलियो । त्यसैले तयारीका कामहरु पहिल्यैदेखि नै भइरहेको थियो । मूल व्यवस्थापन समितिअन्तर्गत कास्कीमा १९ वटा उपसमिति बनाएर काम आरम्भ गरेका थियौँ । त्यसै अनुसार उपसमितिहरूले अहिले काम गरिरहेका छन् । महाधिवेशनको दिन सबैको काम प्रतिविम्वित हुन्छ ।

कास्की जिल्लाको भेला, मूल व्यवस्थापन समितिको बैठक, महाधिवेशनको लोगो सार्वजनिक, जिंगल निर्माण, प्रचारात्मक भिडियो उत्पादन लगायतका काम हामीले ग¥यौँ । कास्कीमै सचिवालय राखेर कास्की शाखाको व्यस्थापनमा व्यवस्थित ढंगले काम गरेका छौँ । पोखरा आउने देशभरका पत्रकारलाई यो महाधिवेशन अविस्मरणीय बनाउने प्रयासमा छौँ । महाधिवेशनको उद्घाटन नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भोलि फागुन २७ गते पोखरा सभागृहमा गर्नुहुनेछ ।

प्रतिनिधिको तथ्यांकको काम सकियो ?

सबै जिल्लाका प्रतिनिधिको नाम आइसकेको छ । ९ सय जना प्रतिनिधि हुनुहुन्छ । सल्लाहकार, मनोनितसहित गरेर एक हजार प्रतिनिधिको सहभागिता हुन्छ । काठमाडौँमा प्रतिनिधि व्यवस्थापनसँगै कार्ड व्यवस्थापनको काम सम्पन्न भएको छ । कास्की ‘होस्ट’ जिल्ला भएकाले व्यवस्थापकीय काम यहाँ भइराखेको छ ।

महाधिवेशन पोखरामै ल्याइयो । यसको विशेष केही कारण ?

पोखरा पत्रकारिता र सञ्चार क्षेत्रको उर्वर ठाउँ हो । विगतमा पनि नेपाल पत्रकार महासंघलगायत विभिन्न सञ्चारसँग सम्बद्ध क्षेत्रमा कास्कीबाट नेतृत्व छ । नेपालको सञ्चार क्षेत्रमा कास्कीले दिएको योगदान अतुलनीय छ । पत्रकारिताको उत्पादन, सक्रियताको हिसाबले पनि कास्कीको योगदान छ ।

ठूलाठूला कार्यक्रम गर्न रोजिएको ठाउँ कास्की हो । चौतारीको नवौँ राष्ट्रिय महाधिवेशनसम्म आइपुग्दा कुनै पनि महाधिवेशन भएको थिएन । पत्रकार महासंघका साधरणसभा भए पनि चौतारीको कार्यक्रम भएको थिएन । प्रेस चौतारीको ईन्चार्ज, पार्टीका उपमहासचिव, प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरूङ यसै प्रदेशको नेता र संस्थापक मुख्यमन्त्री भएको हिसाबले सन्देश दिनकै लागि पनि हामीले कास्की रोजेका हौँ ।

[bs-quote quote=”‘महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । एक हजार बढि प्रतिनिधि, सल्लाहकार, अतिथि पोखरा आउँदै हुनुहुन्छ । पोखरा आउने देशभरका पत्रकारलाई यो महाधिवेशन अविस्मरणीय बनाउने गरी काम गरिरहेका छौं । नेतृत्व मात्र होइन नीतिगत रुपमा पनि यो महाधिवेशन उदाहरणीय बन्नेछ ।'” style=”style-4″ align=”left” color=”” author_name=”गणेश पाण्डे” author_job=”संयोजक, मूल व्यवस्थापन समिति” author_avatar=”http://gandaknews.com/wp-content/uploads/2022/03/aaaaaaaa.jpg” author_link=”https://www.facebook.com/ganesh.pandaynepali”][/bs-quote]

प्रेस चौतारीको पोखरा महाधिवेशनले पत्रकारका सम्बद्ध संघसंगठन र नेपाली राजनीतिमा कस्तो प्रभाव पार्दछ ?

मूलतः यो महाधिवेशनले नीति र नेतृत्व निर्धारण गर्छ । नेपाली सञ्चार क्षेत्रको वर्तमान मुद्दा, त्यो मुद्दालाई सम्बोधन गर्ने नेतृत्व यो महाधिवेशनले तय गर्छ । प्रेस चौतारी सुव्यवस्थित रूपमा कसरी अगाडि बढ्छ, संगठन सुदृढीकरणमा कसरी अगाडि बढ्छ भन्ने मुख्य कुरा हो ।

प्रविधिको विकाससँगै पत्रकारितामा चुनौती भित्रिएका छन् । पत्रकारितामा सेल्फ सेन्सरसिप छ । हिजो राज्यबाट नियन्त्रित हुन्थ्यो भने अहिले सेल्फ सेन्सरसिप छ । सँगसँगै नयाँ पुस्ताको आकर्षण पनि बढेको छ । तर, अहिले पनि परम्परागत ढंगबाट सञ्चार क्षेत्र अगाडि बढेको अवस्था छ । अहिलेका यिनै मुद्दालाई बोक्न सक्ने नेतृत्व चयन गर्छ । कास्कीबाट फर्कंदा प्रेस चौतारीले सहमतिको सन्देश लिएर जान्छ । नेपालको सञ्चार क्षेत्रमा अभिभावकीय भूमिका खेल्ने नेतृत्व विकास गर्छ ।

अब चौतारीको टीम कस्तो बन्नेछ ?

हामीले सहमतिमै नेतृत्व चयन गर्नेछौं । पहिला हामी मैदानमा जान्थ्यौँ, अहिले कसैले पनि उम्मेद्वारी घोषणा गरेको अवस्था छैन । कसैलाई तानेर, उचालेर, बोकेर नेतृत्वमा पुग्ने भन्दा पनि नेपाली पत्रकारिता, संगठनमा क्रियाशीलता र निरन्तरता, दक्षता, क्षमताका आधारमा नयाँ नेतृत्व चुनिनेछ ।

हाम्रो विधान संशोधन गरेर ९९ जनाको केन्द्रीय कमिटी बनाउन खोज्दै छौँ । अहिले चार सयको हाराहारीमा छ । अब १७ जना पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रीय कमिटी बनाउन खोज्दै छौँ । नयाँ विधान बन्दसत्रमा प्रस्तुत हुन्छ ।

अर्को एकदमै राम्रो पक्ष भनेको हामीले देशभरकै जिल्लाहरु, सात भूगोल र उपत्यका, एसोसिएट र प्रतिष्ठानका तीन गरी १० वटा प्रदेशमा सहमतिमै नेतृत्व चयन गरेका छौँ । यो राम्रो अभ्यास भएको र महाधिवेशनमा पनि एक भएर अगाडि बढ्ने योजना छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ