अनिषा नेपाली, पोखरा । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय लभ्लीहिल शाखाले नारी सशक्तिकरणद्वारा समृद्ध समाज विषयक प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका सांसद मीना गुरुङले आत्मबल बढाउनको लागि महिलाले एक आपसमा सम्मानको शब्द प्रयोग गर्नुपर्ने बताइन् । ‘धर्म, संस्कृतिले नै अनुशाषित बनाउँछ । राम्रो लगाउनु र राम्रो देखिनु सशक्तिकरण होइन ।’ उनले भनिने– ‘हँसिलो अनुहारभित्र धेरै बेदनापनि लुकेको हुनसक्छ, नारी सशक्तिकरण भनेको नारीको क्षमता र नेतृत्व हो । जसको लागि क्षमता अभिवृद्धि तालिम, स्वस्थ रहन योग, ध्यान, जपतप गर्नुपर्छ ।’
सुन्दरता भनेको मनको पवित्रता र शुद्धता हो भन्दै गुरुङले प्रजनन र ममताको शक्तिलाई कमजोर नबनाई यो शक्तिलाई समाज निर्माणमा लगाउनुपर्नेमा जोड दिइन् ।
ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय लभ्लीहिल शाखा प्रमुख राजयोगिनी ब्रह्मकुमारी सुधा दिदीले प्रशिक्षणात्मक प्रवचन दिँदै नारीलाई सशक्त बनाउनको लागि नारीमा विद्यमान विशेषताहरु र शक्तिहरुलाई जागृत गर्नुपर्ने र आफू भित्रका कमी कमजोरीहरुलाई महसुस गरी सुधा गर्दै जानुपर्दछ र। जसबाट सृष्टि परिवर्तन सम्भव हुने बताइन् ।
‘विश्व परिवर्तनको भूमिकामा नारीले अग्रणि भूमिका निभाउनुपर्दछ । अध्यात्मिक सशक्तिकरणबाट नै नारीको सशक्तिकरण सम्भव हुन्छ । अध्यात्मिक सशक्तिकरणबा नै नारीको दृष्टिकोणमा परिवर्तन, जीवनमा शान्ति, उमंग, उत्साह, शक्तिको अनुभव गर्न सकिन्छ ।’ उनले भनिन् – ‘वर्तमान समयमा साना साना कुराहरुबाट आफूलाई मुक्त पारेर ती कुराहरुबाट माथि उठेर नै सुशी जीवन यापन गर्न सम्भव हुनेछ । एउटा असल नारी कठिन परिस्थितिमा पनि आवेगमाथि नियन्त्रित हुन्छिन् । उनी सृष्टिकर्ता, प्रथम गुरु, चरित्र निर्माणमा कुशल नेतृत्व र स्नेहपूर्ण पालनकी खानी हुन् ।’
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. १, ४, ५ र १८ मा रहेका विभिन्न आमा समूह, महिला समूह एवं टोल विकास संस्थाका अध्यक्ष, पदाधिकारी एवं सदस्य गरी १५० जना बढीको सहभागिता रहेको थियो ।
बह्माकुमारीज् लभ्लीहिलका सहसञ्चालिका ब्रह्माकुमारी चन्द्रिका दिदीले स्वागत गरेको कार्यक्रममा ब्रह्माकुमार लोकनाथ काफ्लेले धन्यवाद ज्ञापन गरे ।
सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?