काठमाडौँ । सरकारले भिजिट भिषाको सम्बन्धमा नयाँ व्यवस्था ल्याएको छ । अध्यागमन विभागले नयाँ कार्यविधी कार्यान्वयनमा नल्याउँदासम्म गृह मन्त्रालयले पछिल्लो व्यवस्थालाई परिमार्जन गरेको हो ।
गृहले १८ बुँदे नयाँ मापदण्डको निर्णय गरी लागू गर्न अध्यागमन विभागलाई निर्देशन दिएको छ । जसमा वार्षिक पाँच लाख आय हुुनुपर्ने र त्यसको आधा बैंकमा मौज्दात हुनुपर्ने प्रावधान राखिएको छ ।
यस्तै खाडी मुलुकभन्दा बाहिर कम्तिमा एकपटक र खाडी मुलुकको हकमा दुई पटक विदेश यात्राको अभिलेख भएका व्यक्तिहरू भिजिट भिषामा जान पाउन सक्ने छन् ।
त्यस्तै, न्यूनतम दुई वर्षभन्दा बढी समय विदेशी मुलुकमा व्यतित गरेको अभिलेखबाट प्रमाणित हुने व्यक्तिहरू, कक्षा १२ वा सो सरहको प्राविधिक/व्यावसायिक सिप दक्षता भई आधिकारिक निकायबाट प्रमाणीकरण भएका वा उच्च शिक्षा हासिल गरेका, अध्येता, विज्ञ, प्राविधिक व्यक्तिहरू, अंग्रेजी वा गन्तव्य मुलुकमा बोलिने भाषाको राम्रो सिप भएका व्यक्तिलगायतले भिजिट भिषा प्राप्त गर्ने व्यवस्था गरिएको छ ।
वैदेशिक रोजगारमा रहेका व्यक्तिले आमा–बाबु, ससुरा–सासू, छोराछोरी, श्रीमान् तथा श्रीमतीलाई विदेशमा भिजिट भिसामा लैजान पाउनेछन् । भिजिट भिसालाई थप वस्तुगत बनाउन यस्तो प्रावधान लागू गरिएको गृह मन्त्रालयले जनाएको छ ।
सम्बन्धित खबर
प्रधानमन्त्री कार्कीको बिदाइ सम्बोधन: नयाँ सरकारलाई शुभकामना, देशको उज्यालो भविष्य देखिरहेको छु
आजै मन्त्रीकाे नाम टुंग्याउने तयारी, पार्टी कार्यालयबाट एउटै गाडीमा निस्किए रवि–बालेन
रविको प्रस्तावमा बालेन बने रास्वपा संसदीय दलको नेता, प्रधानमन्त्री बन्न बाटो खुल्यो
नयाँ सांसदहरूले लिए सपथ, ४७ जनाले लिए मातृभाषामा शपथ
रास्वपाले ल्याएको दुई तिहाइ जादुगरले हात हल्लाउँदा परेवा निकालेजस्तो: ओली
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने