पोखरा । गायक प्रकाश सपुतले केही दिनअघि सार्वजनिक भएको आफ्नो नयाँ गीत ‘पीर’लाई लिएर विवाद सिर्जना भएपछि प्रष्टीकरण दिएका छन् ।
गायक सपुतले फेसबुकमार्फत उक्त गीत कुनै राजनीतिक पूर्वाग्रह राखेर नल्याएको भन्दै पूर्व लडाकूले भोगेको पीडा मात्रै उठाउन खोजेको उनले बताएका छन्।
भिडियोमा प्रस्तुत गरिएका पात्र वास्तविक नै रहेको र आफूले देखेको, संगत गरेका चरित्रलाई गीतमा उतारेको उनले बताए ।
‘म करीब चार वर्ष दोहोरी साँझमा काम गर्दा गाउने, बजाउने, पकाउने र पस्कनेमध्येका थुप्रै सहकर्मीहरू पूर्व लडाकु थिए। उनीहरू चरम निराशावादी कुरा गर्थे। त्यो समयमा नै मैले यो विषय डायरीमा नोट गरेको थिए,’ गायक सपुतले भने, ‘संयोगले अहिले निस्क्यो । यसबाहेक कुनै राजनीतिक पूर्वाग्रह, नियत र उद्देश्य नराखिएको स्पस्ट पार्न चाहन्छु।’
उनले माओवादी सशस्त्र युद्धकै जगमा व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन भएको उजागर गर्न खोजेको बताएका छन्।
उनले पूर्व लडाकू प्रतिकात्मक दृश्यका विषयमा भने आत्मालोचना गरेका छन्। ‘अली बढी कोट्याइएको एउटा दृष्य छ, त्यो आत्मसम्मानसँग जोडिएको प्रतीकात्मक दृष्य हो। प्रतिकात्मक रूपमा राखिएको दृष्यहरूले कसैको आत्मसम्मानमा प्रत्यक्ष असर पुग्न जाने कुरा मैले महशुस गरेँ । यसमा मैले आत्मालोचना गर्छु,’ उनले भने ।
गीतलाई लिएर प्राप्त भइरहेका सबै प्रतिक्रियालाई अध्ययन गरिरहेको सपुतले बताए । ‘मैले गल्ती गरेको हो कि? तपाईंहरु (केहीले गलत बुझ्नुभएको हो, समिक्षा गर्दैछु’ उनले भने ।
सम्बन्धित खबर
प्रधानमन्त्री कार्कीको बिदाइ सम्बोधन: नयाँ सरकारलाई शुभकामना, देशको उज्यालो भविष्य देखिरहेको छु
आजै मन्त्रीकाे नाम टुंग्याउने तयारी, पार्टी कार्यालयबाट एउटै गाडीमा निस्किए रवि–बालेन
रविको प्रस्तावमा बालेन बने रास्वपा संसदीय दलको नेता, प्रधानमन्त्री बन्न बाटो खुल्यो
नयाँ सांसदहरूले लिए सपथ, ४७ जनाले लिए मातृभाषामा शपथ
रास्वपाले ल्याएको दुई तिहाइ जादुगरले हात हल्लाउँदा परेवा निकालेजस्तो: ओली
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने